हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाउ“दै मतदातासँग प्रत्यक्ष संवादमा आफूलाई केन्द्रित गरेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जा“दा उनी दैनिकजसो मतदाताको घरआँगनमा पुगेर उनीहरूका गुनासा, अपेक्षा र सुझाव सुन्ने अभियानमा सक्रिय देखिएका छन् ।
चुनावी अभियानकै क्रममा थोकरले थाहा नगरपालिका–७ देउराली भञ्ज्याङ, थाहा नगरपालिका–२ पालुङ, थाहा नगरपालिका–११ टिष्टुङ तथा नौखण्डे क्षेत्रमा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा छलफल गरेका छन् । घरदैलो कार्यक्रममार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक धारणा, भावी योजना र प्रतिबद्धता प्रस्तुत गरेका छन् । मतदाताको विश्वास जित्ने र आफू पनि जनताको भरोसायोग्य प्रतिनिधि बन्ने उद्देश्यका साथ उनले घरदैलो अभियानलाई चुनावी रणनीतिको मुख्य आधार बनाएका हुन् ।
उनको सचिवालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै थोकर निरन्तर रूपमा गाउ“–टोल र बस्तीमा पुगिरहेका छन् । यसअघि पनि उनले हेटौंडा–१९, मकवानपुरगढी–५ र मनहरी–९ क्षेत्रका केही ठाउ“मा घरदैलो गरेका छन् । ती स्थानमा स्थानीयवासीसँग भेटघाट गर्दै उनले जनताका समस्या सुन्नुका साथै तिनको समाधानका लागि आफूले निर्वाचित भएपछि आफूले खेल्ने भूमिकाबारे प्रष्ट पारेका छन् ।
उम्मेदवार थोकरका निर्वाचन सचिवालयका संगीन श्रेष्ठका अनुसार, थोकरले मतदातामाझ राष्ट्र, राष्ट्रियता र राज संस्था जोगाउन राप्रपालाई मत दिन आव्हान गरेका छन् । राष्ट्रियताको जगेर्ना र संरक्षणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दि“दै थोकर मतदाताको घरआ“गनमै पुगेर समर्थनका लागि अनुरोध गरिरहेका छन् ।
मकवानपुरको कैलाश गाउ“पालिका–१०, साविक नामटार गाविस मर्याङकोटमा जन्मिएका रामबहादुर थोकर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रह“दै आएका अनुभवी र परिपक्व व्यक्तित्व हुन् । लामो राजनीतिक अनुभव बोकेका उनी मकवानपुर क्षेत्र नम्बर २ का मतदातामाझ आफूलाई जिम्मेवार र परिपक्व उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । उनले जनताको जीवनशैली परिवर्तन गर्दै समग्र विकासको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएको बताउ“दै आएका छन् ।
थोकरले पछिल्लो समय नेपालमा देखिएको ॅजेनजी’ अर्थात् नवपुस्ताको आन्दोलन र त्यसले व्यक्त गरेको चाहना तथा भावनालाई आत्मसात् गर्ने प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् । विकास, सुशासन र भ्रष्टाचार अन्त्यका विषयलाई प्रमुख एजेन्डा बनाएर संसदमा प्रभावकारी भूमिका खेल्ने आकांक्षासहित उनी चुनावी मैदानमा उत्रिएका हुन् । यही प्रतिबद्धताका साथ उनी मतदातासँग सिधा संवाद गर्दै आफ्नो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।









