हेटौंडा/निजगढ नगरपालिका र नेपाल आ“खा कार्यक्रम निजगढ तिलगंगा सामुदायिक आ“खा अस्पतालबीच निजगढ नगरपालिकामा मोतिविन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार गर्न सम्झौता भएको छ ।
नेपालमा दृष्टिविहीन बनाउन सक्ने कारणमध्ये एक महत्वपूर्ण कारण मोतिविन्दु पनि हो । निजगढ नगरपालिकाभित्र पनि अझै धेरै नागरिक मोतिविन्दुका कारण दृष्टि समस्याबाट पीडित छन् । यसलाई समाधान गर्न निजगढ नगरपालिकाका प्रत्येक घरधुरीमा पुगी आ“खाजा“च गरी मोतिविन्दु पहिचानपश्चात् शल्यक्रिया गरी दृष्टि फर्काउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
निजगढ तिलगंगा सामुदायिक आ“खा अस्पतालले निजगढ नगरपालिकास“ग सहकार्य गरी निजगढ नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरुको आ“खाजा“च गरी मोतिविन्दु भएका सबै बिरामी पहिचान गर्ने, आर्थिकरुपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई निःशुल्क उपचार गर्ने र निजगढ नगरपालिकालाई मोतिविन्दुका कारण हुने अन्धोपनरहित नगरपालिका बनाउने कार्यक्रमको मुख्य उद्धेश्य छ । आर्थिकरुपमा सबल मोतिविन्दुका बिरामीहरुलाई सहुलियत दरमा अत्याधुनिक प्रविधिबाट सामुदायिक फेको कार्यक्रमअन्तर्गत् मोतिविन्दुको शल्यक्रिया गरिनेछ । आगामी साताबाट निजगढ नगरपालिकाका १३ वटै वडाको प्रत्येक घरधुरीमा आ“खाजा“च कार्य शुरु गरिनेछ । (









