12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारेडियो मकवानपुरद्वारा सञ्चारिकालाई सेनेटरी प्याड
spot_img

रेडियो मकवानपुरद्वारा सञ्चारिकालाई सेनेटरी प्याड

spot_img

हेटौंडा/हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले १६ औं वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् तेस्रो दिन सञ्चारिका समूह मकवानपुरलाई सेनेटरी प्याड वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङको समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरेका हुन् । अध्यक्ष अधिकारीले पत्रकार महिलालाई प्याड वितरण अभियान सञ्चालन गर्दै आएकोमा विशेष धन्यबाद दिए । उनले सञ्चारिकाले रचनात्मक कार्यक्रम गर्दै आएको सञ्चारिका समूहलाई पत्रकार महासंघ मकवानपुरले हरेक परिस्थितिमा सहयोग गर्न तयार भएको बताए । अध्यक्ष अधिकारीले पत्रकारिता गर्दा निष्पक्ष र सत्यतथ्यमा आधारित भएर काम गर्न आग्रह गरे ।

- Advertisement - Ad Banner

सञ्चारिका समूह मकवानपुर र बागमती प्रदेश संस्थापक अध्यक्ष सरिता दाहालले मकवानपुरमा सञ्चारिका समूहको सक्रियता लोभलाग्दो रहेको बताइन् । उनले सञ्चारक्षेत्रमा पत्रकार महिलालाई पुरुष पत्रकारले साथ दिइरहेको भन्दै यसले पत्रकार महिलालाई अगाडि बढ्न प्रेरित हुने बताइन् ।

रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेश महासचिव नानीमाया सोपकोटा, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी, सञ्चारिका जिल्ला अध्यक्ष गुरुङ, प्रेस चौतारी उपाध्यक्ष प्रतीक्षा न्यौपानेलगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

१६ गतेदेखि गुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन हेटौंडा–१८ मा रहेको वेद विद्यालयमा खाद्यान्न सहयोग गरिएको थियो । रेडियो मकवानपुरको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् माघ १९ गते रेडियोपरिसरमा निर्वाचन आचारसंहितासम्बन्धि अन्तरसंवाद, माघ २० गते मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिनेछ भने माघ २२ गते कार्यक्रमको औपचारिक समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा मकवानपुरका दुई जना व्यक्तिलाई जनही १० हजार नगदसहित सामुदायिक सम्मान प्रदान गरिने रेडियो मकवानपुरले जनाएको छ । रेडियो मकवानपुरले हरेक वर्ष वार्षिकोत्सवमा दुई जनालाई सामुदायिक सम्मान तथा हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि