हेटौंडा/नगरस्तरीय शिक्षक महिला मैत्रीपूर्ण भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा उपमहानगरपालिका वडा नम्बर–१८ को आयोजनामा शुक्रबार र शनिबार प्रतियोगिता हुने भएको हो ।
समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । गत वर्षको प्रतियोगितामा ११ वटा सामुदायिक विद्यालयको सहभागिता रहेकोमा यस वर्ष २० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता साबिक विजेता हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपिया“ नगदसहित शिल्ड र सबै खेलाडीले प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो स्थान हासिल गर्ने विद्यालयले ५ हजार रुपिया“ सान्त्वना पुरस्कार पाउनेछ । प्रतियोगितामा निःशुल्क टिम दर्ता गरिएको थियो । प्रतियोगितामा सहभागी टिमका लागि खाना र खाजाको व्यवस्था गरिएको वडा सचिव महेश पुडासैनीले बताए । प्रतियोगितामा २ लाख रुपिया“ खर्च हुने अनुमान गरिएको र सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने उनले जानकारी दिए । नगरस्तरीय शैक्षिक समन्वय समिति अध्यक्ष भोगेन्द्र लुर्इंंटेलको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समिति उपाध्यक्ष प्रतिमा गौतम र नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता थियो ।









