12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता नगर प्रमुख बिष्टद्वारा...
spot_img

आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता नगर प्रमुख बिष्टद्वारा उद्घाटन

spot_img

हेटौंडा/मकवानपुरको थाहा नगरपालिकामा विद्यालयस्तरीय खेलकुदको ठूलो उत्सव सुरु भएको छ । आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा नगरभित्रका १७ विद्यालयका १३१८ जना विद्यार्थी सहभागी हु“दा सम्पूर्ण नगरपालिका खेलमय बनेको छ । थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण मावि खेलमैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सञ्चालन भइरहेको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख बिष्णु बिष्टले गरे ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख बिष्टले खेलकुदलाई नगरको पहिचान बनाउने आधार भएको उल्लेख गर्दै बजेट अभावका कारण अपेक्षित लगानी हुन नसकेको स्वीकार गरे । “सीमित बजेटका बाबजुद पनि प्रतियोगिता सफल रूपमा सञ्चालन गर्न खटिनुभएको आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “अब खेलकुदमा लगानी बढाएर विद्यार्थीको प्रतिभा उजागर गर्ने वातावरण बनाइनेछ ।”

- Advertisement - Ad Banner

प्रतियोगितामा ट्र्याक तथा फिल्ड, भलिबल, कबड्डी, कराते, मार्चपासलगायत १८ विधा समावेश गरिएको छ । दौडतर्फ १०० मिटरदेखि ३००० मिटरसम्मका स्पर्धा, हाईजम्प, लङ जम्प, त्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो जस्ता खेलहरू सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनु, प्रतिभाको पहिचान गर्नु र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्नु हो ।

पुरस्कार संरचनाअनुसार राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने विद्यालयले रु २० हजार, द्वितीयले रु १५ हजार, तृतीयले रु १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप भलिबलमा प्रथमलाई रु २० हजार र द्वितीयलाई रु १५ हजार तथा कबद्रीमा प्रथमलाई रु १० हजार र द्वितीयलाई रु ६ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि