हेटौंडा/फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । ठूला र पुराना दलहरुले जितकोे दाबी गरिरह“दा नया“ दलका नया“ उम्मेद्वारहरु टक्कर दिने रणनीतिसहित चुनावी मैदान उत्रिएका छन् ।
२०७९ को निर्वाचनमा विजयी भएकादेखि नया“ दलका नया“ उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । गत निर्वाचनमा मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए भने मकवानपुर–२ बाट एमालेका महेशकुमार बर्तौला विजयी भएका थिए । आगामी निर्वाचनमा पनि आफ्नै जित सुनिश्चित रहेको दाबी गर्दै दुवै जना चुनावी मैदानमा छन् । पुराना दल र दोहोरिएका अनुहारहरुले जितको दाबी गरिरह“दा यस पटक मकवानपुरमा १५ जना स्वतन्त्र उम्मेद्वारसहित आधा दर्जन नया“ दलहरुबाट नया“ अनुहारले उम्मेद्वारी दर्ता गराएका छन् । पुराना दलका पुराना उम्मेद्वारलाई टक्कर दिने रणनीतिसहित नया“ अनुहारका उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएको दाबी उनीहरुको छ ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले दुवै क्षेत्रका लागि उम्मेद्वारी दर्ता गराएको छ भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट पनि दुवै क्षेत्रका उम्मेद्वार चुनावी मैदानमा छन् । मकवानपुर–१ मा सुरेन्द्र लामा र २ मा डा. प्रवीण स्यांतानलाई उम्मेद्वार बनाएएको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि दुवै क्षेत्रका लागि उम्मेद्वार अघि सारेको छ । मकवानपुर–१ मा विद्या श्रेष्ठ र २ मा युनेश लामा चुनावी मैदानमा छन् ।
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाले २०७९ को निर्वाचनमा पनि मकवानपुरको दुवै क्षेत्रमा उम्मेद्वार उठाएको थियो । तर, पार्टी स्थापनाको ६ महिनामै चुनावी मैदानमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ जित निकाल्न सकेन । यद्यपि, समानुपातिकतर्फ २९ हजार बढी मत ल्याएको रास्वपाले विन्दबासिनी कंसाकारलाई समानुपातिकतर्फबाट सांसद् बनाएको थियो ।
आगामी निर्वाचनका लागि पनि रास्वपाले दुवै क्षेत्रमा उम्मेद्वारी दिएको छ । पुराना दलस“गको प्रतिस्पर्धामा उत्रिएको रास्वपाबाट मकवानपुर–१ मा प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेतीले जित निकाल्ने दाबीसहित मतदाताको घरदैलो पुगिरहेका छन् । लामो समयदेखि चुनावी राजनीतिमा स्थापित दल र नेताहरुको वर्चस्वलाई चुनौती दि“दै यसपटक स्वतन्त्र तथा नवगठित दलका उम्मेद्वारहरू मैदानमा उत्रिएका छन् । नया“ उम्मेद्वारले राजनीतिक शुद्धता, सुशासन, विकासमा पारदर्शिता र जनउत्तरदायित्वलाई मुख्य एजेण्डा बनाएका छन् ।
पुराना दलका उम्मेद्वार भने आफ्नो राजनीतिक अनुभव, संगठनात्मक शक्ति र विगतका उपलब्धिलाई आधार बनाएर चुनावी अभियानमा सक्रिय छन् । उनीहरु नया“ उम्मेद्वारको उपस्थितिलाई लोकतन्त्रको सुन्दर पक्ष भन्दै आफूहरु जनताबाट पुनः अनुमोदन हुनेमा ढुक्क देखिन्छन् । मकवानपुरमा श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आमजनता पार्टी, नेसनल मंगोल अर्जनाइजेसन जस्ता आधा दर्जन बढी नया“ दलहरुले उम्मेद्वार अघि सारेको छ ।









