18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाछैठौं पटकदेखि पहिलो चुनावीयात्रा
spot_img

छैठौं पटकदेखि पहिलो चुनावीयात्रा

spot_img

हेटौंडा/आउ“दो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धादिङ–१ को चुनावी माहौल रोचक बनेको छ । उक्त क्षेत्रमा पञ्चायतकालदेखि चुनावी प्रतिस्पर्धा गर्दै आएका पुराना नेतादेखि राजनीतिमा भर्खर प्रवेश गरेका नया“ अनुहारबीच प्रतिस्पर्धा छ ।

११ स्वतन्त्रसहित २४ जनाले उम्मेद्वारी दर्ता गरेको धादिङ–१ मा अनुभवी नेता राजेन्द्रप्रसाद पाण्डेदेखि निर्वाचनकै लागि राजनीतिमा होमिएकी आशिका तामाङसम्म प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाण्डे र रास्वपाकी तामाङसहित नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठी, नेपाली कांग्रेसका कृष्ण रिजाललगायत उम्मेद्वार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा पनि नेकपाका पाण्डे, एमालेका त्रिपाठी र कांग्रेसका रिजालबीच हुने देखिन्छ ।

- Advertisement - Ad Banner

यस क्षेत्र यसअघि नेकपाका पाण्डेले जितेको क्षेत्र हो । २०७४ को आमनिर्वाचनमा धादिङ–१ (१) बाट पाण्डे बागमती प्रदेशसभामा निर्वाचित भएका थिए पाण्डे । तत्कालीन अवस्थामा एमालेबाट चुनाव लडेका पाण्डे पार्टी फुटेपछि नेकपा (एकीकृत समाजवादी) तिर लागे । उनी बागमती प्रदेशका मुख्यमन्त्रीसमेत बने । २०७९ को निर्वाचनमा पाण्डेले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत पा“च दलीय गठबन्धनको साझा उम्मेद्वार बन्ने मौका पाए । ३५ हजार ९ सय ३४ मत ल्याएर विजयी भएका पाण्डेले एमालेका उम्मेद्वार त्रिपाठीलाई ७ हजार ९ सय ८१ मतान्तरले पराजित गरेका थिए । रास्वपाबाट उम्मेद्वार बनेका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका थिए । आगामी निर्वाचनमा पनि एमाले पृष्ठभूमिका पाण्डे र एमाले नेता त्रिपाठी आमनेसामने भएका छन् ।

पाण्डेलाई यस पटक कांग्रेसको मत आउने छैन । अघिल्लो निर्वाचनमा गठबन्धनमा रहेको कांग्रेसले आफ्‌नै उम्मेद्वार उठाएको छ । पार्टी समायोजन भएका कारण तत्कालीन माओवादी केन्द्रको मत भने पाण्डेकै पोल्टामा पर्नेछ । उक्त क्षेत्रमा प्रभावशाली मानिने नेकपाका केन्द्रीय सदस्य शालिकराम जम्मकट्टेलको साथ पनि पाण्डेलाई मिल्नेछ । तथापि, एमाले धादिङको सबभन्दा ठूलो दल हो । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको थियो । एमालेले २४ हजार ८ सय १३ मत प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले १६ हजार ५ सय ६७ मत प्राप्त गरेको थियो ।

प्रत्यक्षतर्फ कलम चुनाव चिह्‌नका पाण्डे विजयी भए पनि कलमको समानुपातिक मत ६ हजार ३५ मात्र थियो । तत्कालीन माओवादी केन्द्र १५ हजार ७ सय ९४ मतसहित तेस्रो भएको थियो । पार्टी समायोजनापछि बनेको नेकपामा एकीकृत समाजवादी र माओवादीको मत पनि समायोजित हुनेछ । दुवै दलको मत जोड्दा २१ हजार ८ सय २९ हुन आउ“छ । यस अंकगणितले समेत धादिङ–१ मा एमाले नै बलियो देखाउ“छ । पाण्डेले धादिङको राजनीतिमा पकड कायम गर्ने नेताको परिचय बनाएका छन् । उनको यो छैठौं पटकको चुनावीयात्रा हो । २०४३ सालदेखि उनी विभिन्न चुनावी प्रतिस्पर्धामा होमि“दै आएका अनुभवी नेता हुन् । यस क्षेत्रमा कांग्रेसबाट उम्मेद्वारी दिएका रिजाल पनि पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् । चारपक्षीय प्रतिस्पर्धामा २०७४ को प्रतिनिधिसभामा विजयी त्रिपाठी पनि २०७९ को हारको बदला लिने दाउमा छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि