18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावडास्तरीय हाजिरीजवाफमा नवोदय प्रथम
spot_img

वडास्तरीय हाजिरीजवाफमा नवोदय प्रथम

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सोमबार ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा भुटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा भएको प्रतियोगितामा नवोदय शिशु सदनले १६ अंकसहित प्रथम स्थान हासिल गरेको हो ।

१५ अंकसहित व्रह्‌मदिक एकेडेमी द्वितीय र ८ अंकसहित भुटनदेवी माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा ४ नम्बर वडाभित्रका आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, सत्यम् जेभिर्यस माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालय गरी ६ विद्यालयको सहभागिता थियो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३/३ जना विद्यार्थी सहभागी भएका थिए ।

- Advertisement - Ad Banner

शैक्षिक गुणस्तर सुधार समितिले पुस १० गतेदेखि फागुन ७ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गरी तेस्रो वडा खेलकुद महोत्सव मनाउ“दैछ । प्रतियोगिता विजेताहरुलाई फागुन ७ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । भुटनदेवी माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल, शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहाल, विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल र वेदराज कोइरालाको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि