18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबेतेघारी गाउ“ बन्यो सफा र स्वच्छ’
spot_img

बेतेघारी गाउ“ बन्यो सफा र स्वच्छ’

spot_img

हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिका वडा नम्बर–१०, बेतेघारी गाउ“लाई ॅसफा र स्वच्छ गाउ“’ घोषणा गरिएको छ । ३७ घरधुरी रहेको गाउ“लाई पालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घोषणा गरेका हुन् ।

घोषणा गर्दै खानेपानी सरसफाइमा ध्यान दि“दै स्वच्छ र सफा गाउ“ बनाउन लाग्नुपर्ने उनले बताए । ॅखानेपानी आमनागरिकको मौलिक अधिकार हो । मानवजीवनमा पानी र सरसफाइ अपरिहार्य रहने भएकाले शुद्ध खानेपानी पिउन सबैमा अनुरोध छ,’ अध्यक्ष मुक्तानले भने । खानेपानीका कार्यक्रमहरुलाई दीगोपना दिन पालिकाले विभिन्न संस्थास“गको साझेदारीमा कामहरु गरिरहेको बताउ“दै उनले खानेपानी दीगो बनाउन सबैको दायित्व रहने बताए ।

- Advertisement - Ad Banner

ॅपानीट्यांकीलगायत अन्य संरचना संरक्षण गर्नु स्थानीयको दायित्व हो । सबै मिलेर व्यवस्थापन गर्नुपर्छ,’ अध्यक्ष मुक्तानले भने–ॅएक घर–एक धारा’ राज्यको नीति छ । सोहीअनुरुप हामीले क्रमिकरुपमा टोलटोल र गाउ“गाउँमा काम गरिरहेका छौं । सरसफाइका प्रतिबद्धताहरु कार्यान्वयन गर्नुपर्ने बताउ“दै उनले सडक, घरआ“गन र सिंगो समुदाय सफा राख्नुपर्ने बताए ।

पालिका उपाध्यक्ष बालकुमार मल्लले नेपाल सरकारको दीगो विकासस“ग जोडिएको सरसफाइ र खानेपानी क्षेत्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारका कार्यहरु भइरहेको बताए । जसरी गाउ“समाज र टोललाई सफा र स्वच्छ गाउ“ बनाउने अभियान छ, सबै वडावडामा पुग्ने लक्ष्य पालिकाको रहेको उनले बताए । ॅआफ्‌नो टोलगाउ“ सफा राख्नु हामीले सबैको कर्तव्य हो । स्थानीय सरकारले नीति तथा कार्यक्रममा समेट्दै एक घर एक धारा भनी स्वच्छ र सफा पानी नागरिकसमक्ष पुर्‍याउने लक्ष्य लिएको छ,’ उनले भने ।

वडा–१० का अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुनसरी राई, बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेमसेवा समाज अध्यक्ष मीरा स्यांतान, उपाध्यक्ष दलमान गुरुङ, आधारभुत स्वास्थ्य चौकी भाल्टार प्रमुख सन्तोषकुमार सिंह, बेतेघारी खानेपानी उपभोक्ता समिति अध्यक्ष आइतसिं स्यांबोलगायतको आतिथ्यता थियो । कार्यक्रममा सरसफाइ कार्यमा उत्कृष्ट हुने स्थानीय, खानेपानी समितिलगायत विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । पालिकाले प्रेमसेवा समाजस“गको साझेदारीमा ॅएक घर एक धारा’, खानेपानी ट्यांकी निर्माण गरेको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि