12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकर्णालीबाट कांग्रेस र एमाले
spot_img

कर्णालीबाट कांग्रेस र एमाले

spot_img

काठमाडौं/राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । आइतबार वीरेन्द्रनगरमा भएको मतदानमा कांग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु विजयी भएका हुन् ।

कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि निर्वाचन भएको थियो । जसमा अन्य कलस्टरबाट उम्मेद्वार कांग्रेस प्रदेश सभापति शाही र महिलातर्फ एमाले केन्द्रीय सदस्य रखाल निर्वाचित भएका हुन् । कांग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १ सय मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत पाएकी छन् ।

- Advertisement - Ad Banner

नेकपाका दुवै उम्मेद्वार पराजित भएका छन् । नेकपाले रुकुमपश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतरालाई उम्मेद्वार बनाएको थियो । पराजित भएका नेकपाका उम्मेद्वार शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे । महिलातर्फकी उम्मेद्वार अञ्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ ४० प्रदेशसभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि