हेटौंडा/राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त दुई सिटका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा ४ राजनीतिक दलबाट ६ जनाले उम्मेद्वारी दिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेद्वार उठाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आआफ्ना उम्मेद्वार उठाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धनको भागबण्डामा एमालेका प्रेम दंगालले उम्मेद्वारी दर्ता गराएका छन् भने महिला क्लस्टरबाट कांग्रेसकी गीता देबकोटाले उम्मेद्वारी दर्ता गराएका हुन् । एमालेका तर्फबाट बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी प्रस्तावक र नेकपा एमाले मकवानपुर उपाध्यक्ष तथा भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामाको समर्थनमा एमालेका दंगालले मनोनयन दर्ता गरेका हुन् ।
बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिका मेयर प्रह्लाद सापकोटाको समर्थनमा कांग्रेसकी देबकोटाले मनोनयन दर्ता गराएकी हुन् । नेकपा पार्टीका तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिला क्लस्टरमा सरोजकुमारी झाले उम्मेद्वारी दर्ता गरेका हुन् । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी प्रस्तावक र बकैया गाउ“पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको समर्थनमा सापकोटाले मनोनयन दर्ता गरेका हुन् । हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामा प्रस्तावक र मनहरी गाउ“पालिका उपाध्यक्ष सीता पुलामीमगरको समर्थनमा झाले उम्मेद्वारी दिएकी हुन् ।
निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी (नेमकिपा) का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशतर्फ अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन् । प्रस्तावक सुनील प्रजापति र रजनी जोशीको समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका हुन् भने बागमती प्रदेश सांसद् सुरेन्द्रराज गोसाईं प्रस्तावक र बागमती प्रदेश सांसद् सिर्जना सैजुको समर्थनमा जोशीले मनोनयन दर्ता गरेकी हुन् ।
्कसको पल्लाभारि ?
प्रदेशमा रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको २ सिटका लागि ६ जनाको उम्मेद्वारी दर्ता हु“दा कुन राजनीतिक दलको अंकगणित कस्तो छ भन्ने विषयले सबैको ध्यान खिचेको छ । प्रदेशको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा एमालेस“ग साझेदारीको हात अघि बढाएस“गै उम्मेद्वार बनेका ६ जनामध्ये गठबन्धनका उम्मेद्वार दंगाल र देबकोटा विजयी हुने अंकगणित प्रष्ट छ ।
प्रदेशसभामा ३७ सिट रहेको कांग्रेसको प्रदेश स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १ सय ८ सिट छ । एमालेको प्रदेशसभामा २७ सिट छ भने स्थानीय तहमा ६० सिट छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद्को मतभार एक मत बराबर ५३ र स्थानीय तहको प्रमुख/उप्रमुखको एक मत बराबर १९ मतभार हुन आउ“छ ।
उक्त अंकगणितअनुसार प्रदेश सांसद्तर्फ कांग्रेसको ३७ र एमालेको २७ गरी ३ हजार ३ सय ९२ हुन आउ“छ । स्थानीय तहमा कांग्रसेको १ सय ८ र एमालेको ६० सिट छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ हुन आउ“छ । यसअनुसार स्थानीय तहतर्फ यी दुई दलको ३ हजार १ सय ९२ हुन्छ । प्रदेश र स्थानीय तह दुवै गरी कांग्रेस/एमाले गठबन्धनको मतभार ६ हजार ५ सय ८४ हुन्छ । दलीय अंकगणितका आधारमा गठबन्धनका उम्मेद्वार दंगाल र देबकोटाको पल्लाभारि हुनेमा शंका छैन ।
प्रदेशमा दोस्रो दलको हैसियत बनाएको नेपाली कम्युनिस्ट पार्टी.(नेकपा) ले पनि आफ्नो उम्मेदवार उठाए पनि जित्ने सम्भावना छैन । तत्कालीन नेकपा माओवादी केन्द्रको प्रदेशका २१ सिट छ भने स्थानीय तहमा ५७ सिट छ । तत्कालीन नेकपा (एकीकृत समाजवादी) को प्रदेशसभामा ७ सिट हु“दा स्थानीय तहमा ९ सिट छ । यी नेकपाका यी दुई दलको बागमती प्रदेशसभामा १ हजार ४ सय ८४ मतभार छ भने स्थानीय तहतर्फ १ हजार २ सय ५४ मतभार छ । बागमतीमा नेकपाको कुल मतभार २ हजार ७ सय ३८ हुन्छ । उम्मेद्वारी दर्ता गराएको नेमकिपाको पनि बलियो मतभार छैन । प्रदेशसभामा ३ सिट र स्थानीय तहमा २ सिट रहेको नेमकिपाको कुल मतभार १ सय ९७ हुन्छ ।
अंकगणित हेर्ने हो भने एमाले बागमती प्रदेशतर्फबाट राष्ट्रियसभामा एमालेको एक सिट सुरक्षित हुने देखिन्छ । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित गंगाकुमारी बेलबासेको सिटमा एमालेका प्रेम दंगाललाई उम्मेद्वार बनाइएको हो । महिला क्लस्टरमा निर्वाचित इन्दिरादेवी गौतमको सिट कांग्रेसले कब्जा गर्ने निश्चित छ । तत्कालीन माओवादी केन्द्र अर्थात् नेकपाले भने राष्ट्रियसभामा बागमतीतर्फको साख जोगाउन नसक्ने अवस्थामा छ । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअनुसार माघ ११ गते विहान ९ बजेदेखि दिउ“सो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने तालिका छ । प्रदेशका लागि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ ।









