9.6 C
Makwānpur
Homeमुख्य समाचारप्रतिनिधिसभा निर्वाचन एमाले मकवानपुरबाट ८ जनाको नाम सिफारिस
spot_img

प्रतिनिधिसभा निर्वाचन एमाले मकवानपुरबाट ८ जनाको नाम सिफारिस

spot_img

हेटौंडा/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले आंकाक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको एमाले मकवानपुर सचिव सीता बिष्टले बताइन् ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मकवानपुर–१ बाट आधा दर्जन बढी आंकाक्षी देखिएका छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला उपाध्यक्ष हिदम लामा, मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरिएको छ । एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद् एकालाल श्रेष्ठले भने नाम फिर्ता लिएका छन् । पार्टीको शनिबार बसेको बैठकमा उनले पनि आकांक्षा व्यक्त गरेका थिए । यसस“गै एमाले मकवानपुरले क्षेत्र नम्बर–१ बाट ६ जनाको नाम सिफारिस गरेर पठाएको हो ।

- Advertisement - Ad Banner

पहिलो नम्बरमा सिफारिसमा परेका रामेश्वर राना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि आकांक्षी थिए । एमाले अध्यक्ष केपी शर्माओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर–१ बाट एमालेकै टिकट दिएपछि राना अन्तिम समयमा ब्याक हुनुपरेको थियो । उम्मेद्वारी दर्ता गर्नुअघिसम्म यहा“का मतदाताले रानालाई नै एमाले उम्मेद्वारका रुपमा लिएका थिए । तर, केन्द्रको निर्देशनअनुसार थापालाई टिकट दिइएपछि पार्टी कार्यालयमा केहीबेर नाराबाजीसमेत चलेको थियो । यसरी अघिल्लो पटक नेतृत्वको निर्देशन टेरेका रानालाई बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।

एमाले उपाध्यक्ष हिदम लामा भीमफेदी गाउ“पालिका अध्यक्ष हुन् । दोस्रो कार्यकालका लागि २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित लामा पनि प्रतिनिधिसभा निर्वाचनको बलियो उम्मेद्वारका रुपमा हेरिएको छ । दुईपटक स्थानीय तहमा भारी मतले विजयी भएका लामा एमालेभित्रका लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनले पालिका अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरेका हुन् ।

एमाले नेता कृष्णप्रसाद दाहालले पनि यस क्षेत्रमा आकांक्षा देखाएका छन् । मकवानपुर–१ बाट सधैं उम्मेद्वार बन्ने र निर्वाचन जित्ने पहिचान बनाएका दाहाल पछिल्लो समय भने पार्टीको आन्तरिक चुनावमै हार व्यहोर्दै आएका छन् । एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिएका उनी पराजित भएका थिए । पार्टीको इतर पक्षका मानिने दाहाल एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । जिल्लाबाट ५ नेता विजयी हु“दा उनी पराजित हुन पुगे ।

एमाले नेता मदनकुमार दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको पनि नाम सिफारिस गरेर पठाइएको हो । एउटै क्षेत्रबाट धेरै जना नेताहरु आकांक्षी रहेपछि नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाइएको हो । प्रदेशले केन्द्रलाई यी नामहरु उपलब्ध गराउनेछ ।

मकवानपुर–२ बाट दुई जनाको नाम सिफारिस गरेर पठाएको छ । यस क्षेत्रबाट महेश बर्तौला र सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेर पठाइएको हो । बर्तौला २०७९ को प्रतिनिधिसभामा यही क्षेत्रबाट विजयी भएर संघीय सांसद् बनेका थिए । एमालेका प्रमुख सचेतकसम्मको पद सम्हालेका बर्तौला र संविधानसभा सदस्य रहेका ठकुरी दुवै जनाको नाम सिफारिस गरेर पठाइएको छ ।

जिल्लाले पठाएको नाम प्रदेश कमिटी हु“दै केन्द्रमा पुग्नेछ । एमालेको केन्द्रीय कमिटीले यी दुईमध्ये एक जनालाई मकवानपुर–२ को उम्मेद्वार बनाउनेछ । दुई जनाको नाम सिफारिस गरेर पठाइए पनि अन्तिममा यस क्षेत्रमा एमालेले बर्तौलालाई उम्मेद्वार बनाउने सम्भावना बलियो रहेको मकवानपुरका केही एमाले नेताहरुको भनाइ छ । बर्तौलालाई एमाले अध्यक्ष ओलीको विश्वासपात्रका रुपमा लिइन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पा“च दलीय गठबन्धनका उम्मेद्वार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले पराजित गर्दै उनी विजयी भएका थिए । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुवासचन्द्र ठकुरीको पनि नाम सिफरिस गरेर पठाइएको थियो । तर, पार्टीले अन्तिममा बर्तौलालाई टिकट थमाएको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि