हेटौंडा/युवाहरुको नेतृत्व र व्यक्तित्व विकासस“गै सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापित चैनपुर जेसीज मनहरीको २०२६ को अध्यक्षमा सुरेश गौतम चयन भएका छन् । शनिबार भएको जेसीजको तेस्रो साधारणसभा तथा अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत् नया“ कार्यसमिति चयन
गरेको हो ।
अध्यक्षमा गौतमस“गै श्रीराम खड्काले पनि उम्मेद्वारी दिएकोमा सहमतिका लागि खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गौतम सर्वसम्मत् अध्यक्ष चयन भएका हुन् । जेसीजको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुबेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल चयन भएको निर्वाचन आयुक्त रविन ढकालले जानकारी दिए । चैनपुर जेसीज मनहरी अध्यक्ष कृष्णप्रसाद ढकालको सभाध्यक्षता भएको साधारणसभामा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाललगायतको आतिथ्यता थियो ।
उम्मेद्वारहरुलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेलभण्डारी र पर्सा खैरहनी जेसीज संस्थापक अध्यक्ष केशब पाठकले तालिम प्रदान गरेका थिए । मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासस“गै सामाजिक कार्य गर्ने उद्धेश्यसाथ सन् २०२२ मा गणेशदर्पण अधिकारीको नेतृत्वमा जेसीज स्थापना भएको हो ।









