12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापुस्तक तथा स्टेशनरी व्यवसायी संघमा रेग्मीे
spot_img

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा रेग्मीे

spot_img

हेटौंडा/मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनबाट रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गगेल, द्वितीय उपाध्यक्षमा अमिर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ् रहेका छन् ।

यसैगरी संघको कार्यसमितिका सदस्यहरुमा केशव हुमागाई, होमनाथ खनाल, मिलन अधिकारी र अनिल चौधरी रहेका छन् । बागमती प्रदेश पुस्तक तथा स्टेशनरी व्यवसायी संघका लेखा संयोजक अजित थापाको प्रमुख आतिथ्यता भएको सभामा पूर्व केन्द्रीय सह–कोषाध्यक्ष किरणबाबु न्यौपानेको विशेष आतिथ्यता तथा निर्वाचन समितिका संयोजक रहेको थियो ।

- Advertisement - Ad Banner

पुष्कल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु बासु न्यौपाने, विज्ञान रिमाल, पूर्वउपाध्यक्ष रामचन्द्र उप्रेतीलगायतले पुस्तक तथा स्टेशनरी ब्यवसायको क्षेत्रमा देखिएको तिब्र प्रतिष्पर्धाको कारण ब्यवसायीहरुमा पेसाप्रति नै नैराश्यता जागेकोमा चिन्ता ब्यक्त गसिरएको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि