हेटौंडा/नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि जिल्लाका पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्मको नाम सिफारिस भएको छ । खतिवडा बिगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा–माओवादी केन्द्र का जिल्ला इञ्चार्ज हुन् । पुर्वसांसद खतिवडाको क्षेत्र नं २ मा पनि नाम सिफारिस भएको छ ।
क्षेत्र नं. १ बाट बहालवाला जनप्रतिनिधिसहित १३ जना र क्षेत्र नं. २ मा बहालवाला जनप्रतिनिधि ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस गरिएको दलले जनाएको छ ।
मकवानपुर क्षेत्र नं. १ बाट नाम सिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ्, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिङ् रहेका छन् भने सिफारिस हुने लिष्टमा वहालवाला प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउंपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलानसमेत नाम सिफारिस भएका छन् ।
त्यसैगरी मकवानपुर क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ । त्यस्तै सिफारिस हुने अन्यमा बहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान, राक्सिराङ गाउपालिका उपाध्यक्ष बनस्थम् थिङ्समेतको नाम रहेको दलले जनाएको हो ।
यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तानको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ बिभिन्न क्लस्टरअन्तर्गत नाम सिफारिस हुनेहरुमा अन्यमा कृष्ण चेपाङ्, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ् , बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरे रहेका छन् ।
शनिवार भएकोले दलको छलफलबाट आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिलबहादुर स्यांग्बोको नाम सिफारिस भएको दलले जनाएको छ ।









