हेटौंडा/बागमती प्रदेश सरकारको बजेट खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षको पा“च महिनामा प्रदेश सरकारले कुल बजेटको ९.८५ प्रतिशत्मात्र खर्च गरेका हो । मन्त्रालयगत्रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालयले सबभन्दा बढी २१.७८ प्रतिशत् बजेट खर्च गरेको छ भने स“स्कृति तथा पर्यटन मन्त्रालयले सबभन्दा कम १.४८ प्रतिशत्मात्र खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट ल्याएकोमा ५ महिनामा ६ अर्ब ६४ करोड ६२ लाख ८ हजारमात्र खर्च भएको छ । जसमध्ये पु“जीगत्तर्फ १ अर्ब ८५ करोड २६ लाख अर्थात् ४.४७ प्रतिशत् र चालुतर्फ ४ अर्ब ७९ करोड २५ लाख अर्थात् १८.४१ प्रतिशत् खर्च भएको छ ।
्स्वास्थ्य मन्त्रालयले २०.५४ प्रतिशत्, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १९.५५ प्रतिशत्, सामाजिक विकास मन्त्रालयले १०.७० प्रतिशत्, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७.१२ प्रतिशत् र खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयले ४.४४ प्रतिशत् बजेट खर्च गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १३.७१ प्रतिशत्, प्रदेशसभा सचिवालयले २४.५० प्रतिशत्, प्रदेश लोकसेवा आयोगले २९.९० प्रतिशत्, मुख्य न्यायाधिवक्ताको कार्यालयले २३.६७ प्रतिशत् र प्रदेश नीति तथा योजना आयोगले १९.०४ प्रतिशत् बजेट खर्च गरेका छन् ।
लक्ष्य अनुसार छैन राजस्व संकलन
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिना अवधिमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साउनदेखि मंसिरसम्म प्रदेश सरकारले लक्ष्यको २३.८८ प्रतिशत्मात्र राजस्व संकलन भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७२ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ५ महिनामा १६ अर्ब ११ करोड ७ लाख ८२ हजारमात्र संकलन भएको मन्त्रालयले जनाएको छ । प्रदेशको मुख्य आम्दानी स्रोत मानिने घरजग्गा रजिस्ट्रेसन (मालपोत) तथा सवारीसाधन कर तर्फको प्रगति कमजोर हु“दा समग्र राजस्व नै प्रभावित भएको हो ।
उक्त दुई शीर्षक तथा बा“डफा“टसमेतबाट आर्थिक वर्ष २०८२/०८३ मा २० अर्ब ८९ करोड ११ लाख ८९ हजार संकलन हुने अनुमान प्रदेश सरकारले गरेको थियो । तर, ५ महिनामा ८ अर्ब ८४ करोड ४७ लाख ७७ हजारमात्र संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट चालु आर्थिक वर्षमा ७ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहे पनि ५ महिनामा लक्ष्यको २१.६७ प्रतिशत् अर्थात् १ अर्ब ६६ करोड ८५ लाख ५९ हजारमात्र राजस्व संकलन भएको छ ।
सवारीसाधन जा“चपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणसम्बन्धि कर शीर्षकबाट ८ अर्ब २५ करोड संकलन गर्ने लक्ष्य थियो । तर, पा“च महिनामा ३५.८६ प्रतिशत् अर्थात् २ अर्ब ९५ करोड ८६ लाख २३ हजार राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार संकलन हुने अनुमान गरिएकोमा पा“च महिनामा लक्ष्यको ३१.४४ प्रतिशत् अर्थात् १ अर्ब ५० करोड २१ लाख ९७ हजारमात्र संकलन भएको छ । अन्तः शुल्क करतर्फ ४ अर्ब ३ करोड ७९ लाख ९ हजार अनुमान गरिएकोमा १ अर्ब ७ करोड २२ लाख ५९ हजार अर्थात् २६.५६ प्रतिशत्मात्र प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत् १४ अर्ब ८१ करोड ९२ लाख प्राप्त हुने अनुमान गरिएकोमा ५ महिनामा ३८.३८ प्रतिशत् अर्थात् ५ अर्ब ६५ करोड ७५ लाख ३० हजारमात्र प्राप्त भएको बताइएको छ ।
प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार संकलन हुने अनुमान गरिएकोमा पा“च महिनामा लक्ष्यको ३१.४४ प्रतिशत् अर्थात् १ अर्ब ५० करोड २१ लाख ९७ हजारमात्र संकलन भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।









