हेटौंडा/देशभर ॅहरित नगर’ भनेर चिनिने हेटौंडाको सडक बिस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको आइतबारको पेसी ॅहेर्न नभ्याइने’ मा परेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी ॅहेर्न नभ्याइने’ मा परेको हो । अदालतमा मुद्धाको समय लम्बि“दै गर्दा पीडित, सडक डिभिजन कार्यालय, प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिका भने बिलखबन्दमा परेका छन् । हाल ॅहरित नगर’ त खण्डहरमा परिणत भएको देखिन्छ ।
राजमार्ग क्षेत्रको २५/२५ गज सडक कायम गर्ने गरी सडक विस्तारविरुद्ध हेटौंडाकी विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
मंसिर २६ मा तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मापौडेलको इजलासले अन्य आदेश जारी गर्दै सोस“ग सम्बन्धित मुद्धाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो । पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनीलकुमार पोखरेलको इजलासमा उक्त मुद्धाको पेसी तोकिए पनि ॅहेर्न नमिल्ने’ सूचीमा परेको थियो ।
हेटौंडा मुख्य बजार क्षेत्र हाल अस्तव्यस्त र असुरक्षित बनेको छ । सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना र स्क्र्यापको व्यवस्थापन नहु“दा दिनप्रतिदिन दुर्घटनाको जोखिम बढिरहेको हो । भत्काइएका संरचनाका ढुंगा, इ“टा तथा रडका टुक्रा सडक तथा पेटीमा यत्रतत्र छरिएका छन् । यसले पैदलयात्रीदेखि सवारीचालकसम्मले सास्ती खेप्नुपरेको छ ।
सीमा मिचेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाले एकैदिन भत्काएका ५ सय ३१ घर धरापसरह भएका छन् । हेटौंडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौंडाले सडक चांैडा गर्ने क्रममा डोजरले कोतरेर छाडेपछि धराप बनेका घरटहराका कारण सफाइ श्रमिकदेखि पैदलयात्रीसम्मका लागि मुख्य बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको छ । डिभिजनले धराप पारेर छाडेका घरमा सफाइ गर्ने क्रममा दैनिकजसो दुर्घटना हुने गरेको हो । सडक डिभिजनले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा श्रमिक घाइते हुने क्रमले निरन्तरता पाएको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिका–२ स्थित एक घरमा सफाइ गर्ने क्रममा एक निर्माण श्रमिक घरबाट खसेर घाइते भएका छन् । यसअघि बुधबार एक जना निर्माण श्रमिक सडक डिभिजनले धराप छाडेको घरमा सफाइ गर्ने क्रममा घरबाट झरेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पनि घर सफाइ गर्ने क्रममा घरबाट झरेर एक निर्माण श्रमिक घाइते भएको जनाएको छ ।
तोकिएको समयमा संरचना नभत्काए कार्यालय आफैंले भत्काउने जानकारी दि“दै सूचना जारी गरिएको भए पनि सडकसीमा क्षेत्रका कतिपय घरहरु खाली भएका छैनन् । मुआब्जा र क्षतिपूर्ति माग्दै सडक विस्तार हुने क्षेत्रका घरधनी र व्यवसायी आन्दोलित छन् । सडकको केन्द्रविन्दुबाट २५/२५ गजभित्र सडकको दाया“तर्फ २ सय ३४ वटा र बाया“तर्फ २ सय ९७ वटा घरटहरा र संरचना भत्काइएको सडक डिभिजनले जनाएको छ । यसअघि सडक विस्तारका लागि सडक डिभिजनले पटकपटक सूचना प्रकाशन गर्दै सडक क्षेत्रमा पर्ने संरचना भत्काउन गरेको प्रयास सफल भएको थिएन ।
विस्तारका क्रममा भत्किएका संरचना र सडकपेटीमा थुपारिएका स्क्र्याप हटाउने विषयमा उपमहानगरपालिकाले पटकपटक सूचना जारी गरेको छ । सूचना गर्दागर्दै पनि व्यापारीहरुले अटेर गरेको तथा भत्किएको संरचनाअगाडि नै व्यवसाय सञ्चालन गर्दै गरेकोमा उपमहानगरपालिका प्रवक्ता सबिन न्यौपानेले गुनासो गरेका छन् । ॅविषम् परिस्थितिका कारण बल प्रयोग गरिएको छैन,’ उनले भने । कानुनतः सामान जफत गरेर सडक खाली गराउन सकिने भए पनि संयमता अपनाउनुको विकल्प नभएको प्रवक्ता न्यौपानेले बताए ।
नगरका केही भागको भौतिक क्षति कम गर्न हेटौंडा उपमहानगरपालिकाले उपमहानगर हु“दै जाने नेपालको पुरानो त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथअन्तर्गत् हेटौंडाको मुख्य बजार बुद्धचोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गका रुपमा विकास गर्न प्रस्ताव गरिएको हो । बुद्धचोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हु“दै गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गका रुपमा विकास गर्न सरकारस“ग माग गर्न स्थानीय सहमत भएका हुन् । जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गका रुपमा विकास गर्न सरकारस“ग माग गर्ने निर्णय गरेको छ ।









