हेटौंडा/चितवनको रत्ननगरमा रहेको न्यु क्यापिटल कलेजले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पश्चिम मकवानपुरको मनहरी–७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले पुरस्कार प्राप्त गरेको छ । चितवन र मकवानपुरका २८ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा युनिभर्सल लर्निङ एकेडेमीले तृतीय स्थान हासिल गरी नगद ८ हजार रुपिया“ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको हो ।
कक्षा–१० मा अध्ययनरत् छात्रहरु सुमित साह, सुबिसन प्रजा, अमन राई र छात्राहरु सुगिसा हेम्जन तथा रञ्जिता मुक्तानले तयार पारेको ॅनयन’ नाम दिइएको प्रदर्शनीलाई रजत जयन्तीमा प्रस्तुत गरिएको थियो । दृष्टिविहीनहरुलाई हि“ड्ने बेलामा अगाडि बाटामा कुनै बस्तु वा अवरोध छ भने त्यसबारे अग्रिम जानकारी गराउने सेन्सरयुक्त डिभाइस विद्यार्थीहरुले बनाएका थिए । जसलाई ॅनयन’ प्रोजेक्ट भनिएको थियो ।
डिभाइस प्रयोग गर्ने दृष्टिविहीनले बाटोमा अघि बढ्दा ठोक्किन नदिनका लागि अलार्म बजेर अग्रिम जानकारी दिने अवधारणा प्रोजेक्टको रहेको युनिभर्सल लर्निङ एकेडेमी विज्ञान विभागले जनाएको छ । न्यु क्यापिटल कलेज स्थापनाको २५ औं वर्षको अवसरमा आयोजित रजत जयन्तीमा विज्ञान प्रदर्शनीसहित विभिन्न कार्यक्रमहरु आयोजना भएको हो । विज्ञान प्रदर्शनी प्रतियोगितामा चितवनको लाइसिएम इन्टरनेसनल मोडल स्कुल प्रथम भइ नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो । ज्ञानसुधा बोर्डिङ स्कुल द्वितीय स्थान हासिल गरी नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।









