हेटौंडा/उज्यालो नेपाल पार्टी मकवानपुरको अध्यक्षको जिम्मेवारी सुरेन्द्र लामाले प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टी मकवानपुर जिल्लाको शुक्रबार भएको पहिलो बैठकबाट युवा इञ्जिनियर सुरेन्द्रको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको हो ।
बागमती प्रदेशसभा पूर्वसदस्य ओम ग्लानको सभाध्यक्षता तथा पार्टीका बागमती प्रदेशका संयोजक प्रवीण तामाङ प्रमुख आतिथ्यमा बैठक बसेको थियो । जिल्ला समितिको उपाध्यक्षमा बुद्धिमान लामा, सचिव मीनराज तितुङ र कोषाध्यक्ष देवी घलान छन् ।
नवगठित जिल्ला समितिमा संरक्षकमा ओम ग्लान, जिल्ला इञ्चार्जमा गोबिन्द भ्लोन र सल्लाहकारमा रमेशकुमार स्यांतान मनोनित भएका छन् । जिल्ला समिति गठनस“गै मकवानपुर जिल्लामा पार्टीलाई संगठनात्मकरुपमा सुदृढ बनाउने र नवगठित समितिले युवाको नेतृत्वमा नया“ सोच, ऊर्जा र प्रतिबद्धतासहित पार्टीको उद्धेश्य र अभियानलाई जनस्तरसम्म पुर्याउने जनाइएको छ ।









