हेटौंडा/आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत् बजेट कार्यान्वयनतर्फ किबी खेतीसम्बन्धि तालिमसहित किबीका बिरुवा हस्तान्तरण गरिएको छ । झण्डै १ हजार ३ सय मिटर भन्दा अग्लो उचाईं रहेको राक्सिराङ–७ को जुरेथुम क्षेत्रमा कृषि ज्ञानकेन्द्र भण्डारा चितवनस“गको समन्वयमा किबी खेतीसम्बन्धि ५ दिने तालिमसहित बिरुवासमेत हस्तान्तरण गरिएको हो ।
स्थानीय महिलालाई आर्थिकोपार्जनतर्फ अगाडि बढाउनका लागि वडाले २ लाख बजेटको कार्यक्रम छुट्याएको थियो । तालिममा सहभागी २० जना महिलालाई १०/१० वटा बिरुवा हस्तान्तरण गरिएको वडा अध्यक्ष रामबहादुर प्रजाले जानकारी दिए । राक्सिराङमा आफ्नो वडा किबीको सम्भावना रहेको भन्दै यसका लागि स्थानीय सरकारले किबी खेतीको प्रयासस्वरुप उक्त कार्यक्रम ल्याएको उनले बताए । राक्सिराङमै पहिलो प्रयास आफ्नो वडाले गरेको उनले दाबी गरे ।









