12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचितवनबाट रविको सुझाव मुख अ“ध्यारो नबनाउनोस्‌’
spot_img

चितवनबाट रविको सुझाव मुख अ“ध्यारो नबनाउनोस्‌’

spot_img

हेटौंडा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाउन आग्रह गरेका छन् । शनिबार चितवनमा पार्टी कार्यर्ताबीच विशेष सम्बोधन गर्दै सभापति लामिछानेले आफू नख्खु कारागारमा हु“दा कहिलेका“ही टेलिभिजन हेर्दा प्रधानमन्त्रीको अनुहार अ“ध्यँरो भएको देख्ने गरेको उनले बताएका हुन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको अनुहार अ“ध्यँरो भएकोमा दुःख लागेको बताउ“दै रास्वपा प्रधानमन्त्रीको साथमा रहेको बताएका हुन् । ॅआफ्‌नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यु, रास्वपा तपाईंको साथमा छ,’ उनले भने–सुशासनको डण्डा चलाउनोस् । चुनाव गराउनोस् । रास्वपा तपाईंको साथमा छ । अनुहारमा हा“सो ल्याउनोस् प्रधानमन्त्रीज्यु ।

- Advertisement - Ad Banner

लामिछानेले प्रधानमन्त्री न्यायालयको मूर्ति रहेको भन्दै देशलाई न्याय दिलाउन आग्रह गरे । उनले प्रधानमन्त्रीको साथमा सिंगो देश रहेको बताएका छन् । उनले रास्वपा २०८४ को चुनाव कुरिरहेको बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुशी व्यक्त गरे । आफूहरु चुनाव कुरेर बसिरहेको बेला जेनजीले सरकारलाई तागत देखाइदिएको बताएका हुन् । देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउ“दै उनले भने–सिंहदरबार पनि बनाउ“ला, न्यायालय पनि बनाउ“ला । तर, वर्षौंदेखि खोसिएको हाम्रो सपना कसले बनाउ“छ ? म/हामी बनाउ“छौं । जेनजी को साथ बोकेर अब देश बनाउन हामी लाग्छौं । रास्वपा लाग्छ । उनले जेनजीको साथमा अब रवि दाई थपिएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्माओलीतर्फ इंकित गर्दै अपदस्त सरकार झुण्डिएर भागे पनि त्यस सरकारले आफ्‌नो शरीरमा झुण्डाइदिएको मुद्धा बोकेर बा“चेको बताए । उनले ती मुद्धाहरुले केही असर नगरेको बताउ“दै भने–मलाई झुटा मुद्धा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौं । प्रतिशोध सा“ध्ने सरकार हेलिकोप्टरमा झुण्डेर भाग्नुपर्‍यो ।

लामिछानेले आफ्‌नो व्यक्तिगत् लाभका लागि केही नगरेको बताउ“दै देश र जनताको लागि रास्वपा लड्ने बताए । प्रतिनिधिसभा निर्वाचनमा जिते पनि मन्त्री हुन पाउ“दैन भन्ने प्रश्न सुन्नु परिरहेको बताउ“दै उनले भने–तपाईं सांसद् निर्वाचित भए पनि मन्त्री बन्न पाउनुहुन्न रे भन्दै पत्रकार साथीहरुले प्रश्न गर्नुभयो । यो हुन पाउ“दैन रे, ऊ हुन पाउ“दैन रे । के मान्छे हुन पाउँछु म ? मान्छेमात्र भएर बा“च्न पाएछु भने पनि म भ्रष्टाचारीविरुद्ध उभिनेछु । सुप्रिम सहकारी ठगी मुद्धामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर रवि शुक्रबारमात्र रिहा भएका हुन् । त्यसपछि यो उनको पहिलो राजनीतिक सम्बोधन हो । शनिबार नै काठमाडौं पुगेर उनले जेनजी सहिद परिवारस“ग भेटेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि