हेटौंडा/हेटौंडा–७ स्थित तासिर इङ्ग्लिस सेकेन्डरी विद्यालयका संस्थापक राजन थापाका पिता रणबहादुर थापाको वार्षिक पुण्यतिथिमा आयोजित सातौं रणबहादुर थापा स्मृति अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि व्रह्मदिक एकेडेमीले जितेको छ ।
हेटौंडा उपमहानगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा तुल्सीमेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र जीएस निकेतन विद्यालय तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद २० हजार १ सय ५५, १५ हजार १ सय ५५ र १० हजार १ सय ५५ रुपिया“सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । वडा अध्यक्ष दामोदर गौतमको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । छैटौं संस्करणको प्रतियोगितामा पनि व्रह्मदिक एकेडेमी प्रथम र तुल्सीमेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो भएका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक राजन थापा, उनकी आमा निरकुमारी थापा, प्रधानाध्यापक बिनोद थपलिया, प्याव्सन मकवानपुर वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठलगायतको आतिथ्यता थियो । हेटौंडा–७ का पूर्ववडाध्यक्षसमेत रहेका विद्यालय संस्थापक राजन थापाले बाबुको स्मृतिमा प्रत्येक वर्ष निरन्तररुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् ।









