12.5 C
Makwānpur
Homeटप न्युजसम्मानपूर्वक बाच्न पाउने हकको प्रभावकारी कार्यान्वयन माग
spot_img

सम्मानपूर्वक बाच्न पाउने हकको प्रभावकारी कार्यान्वयन माग

spot_img

हेटौंडा/संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बा“च्न पाउने हक, समानताको हक, रोजगारीको हकलगायत अधिकारको प्रभावकारी कार्यान्वयन माग गरिएको छ । हिंसाप्रभावित महिलालाई प्रमाण संकलनको जिम्मा थोपर्ने अभ्यास अन्त्य गर्दै अनुसन्धान र न्यायिक प्रक्रियामा राज्य निकायलाई जिम्मेवार बनाउने नीतिनिर्माण गर्नुपर्ने माग पनि छ ।

स्थानीय तहमा न्यायिक डेस्क स्थापना गरी जोखिममा रहेका महिलाको अधिकार संरक्षण गर्नुपर्ने, न्यायमा पहु“च र सेवाप्रवाह सुनिश्चित गर्नुपर्ने, समुदाय तहमा सहयोगी संयन्त्र तुरुन्त गठन गर्नुपर्ने तथा हिंसाप्रभावित महिलाको मनोबल अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग समेटिएको छ । लैंगिक हिंसा अन्त्य तथा पीडितलाई न्याय सुनिश्चित गर्न माग गर्दै बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागार्इंलाई १२ बु“दे बागमती प्रदेश मागपत्र २०८२ बुझाइएको हो ।

- Advertisement - Ad Banner

महिलालाई आर्थिकरुपमा सशक्त बनाउन व्यावसायिक सिप र क्षमता विकासमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । हेटौंडामा बिहीबार सम्पन्न लैंगिक हिंसा प्रतिकार्य संयन्त्र सुदृढीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र भूमिकाबारे आयोजित प्रदेशस्तरीय सम्मेलनका क्रममा मागपत्र बुझाइएको हो । तेस्रो बागमती प्रदेशस्तरीय महिला सम्मेलनबाट पारित उक्त मागपत्र यौनहिंसाविरुद्ध अभियान चितवनकी सावित्री पौडेलले उपसभामुख चापागार्इंलाई हस्तान्तरण गरिन् ।

कार्यक्रममा उपसभामुख चापागाईले लैंगिक हिंसा अन्त्यका लागि राज्यका सबै तहले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा प्रभावकारी सुधारबिना लैंगिक हिंसा अन्त्य सम्भव नहुने उल्लेख गरिन् । हरेक तहमा रहेका जिम्मेवार व्यक्तिहरुले इमान्दारिपूर्वक आफ्‌नो दायित्व पूरा गर्नुपर्नेमा उनको जोड थियो । शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलाको सहज पहु“च सुनिश्चित गर्नु अत्यावश्यक रहेको उनले बताइन् ।

एक्सोनेट नेपालको आर्थिक सहयोगमा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानवअधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसाविरुद्ध साझा अभियान चितवनको संयुक्त सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै लैंगिक हिंसा प्रतिकार्य प्रणाली मजबुत बनाउने उपायबारे प्यानल छलफलसमेत गरिएको थियो । चितवन सक्रिय महिला प्रतिष्ठान उपाध्यक्ष दीक्षा रिमालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, राष्ट्रिय महिला आयोग उपसचिव रोशनी कार्की, बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख सुवासचन्द्र बोहरा, महिला अधिकारकर्मीको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि