हेटौंडा/निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्धेश्यले नया“ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउ“दो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नया“ व्यवस्था गरेको हो ।
आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटामात्र झण्डा प्रयोग गर्न सक्नेछन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने उद्धेश्यले संख्या तोकेर प्रस्ताव गरिएको आयोगले जनाएको छ । प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेद्वारको नाम र चिह्न भएको एउटामात्र तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ ।
चुनाव प्रचारका लागि घरदैलोमा जा“दा उम्मेद्वार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जा“दा बाजागाजा तथा झँ“कीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ । अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङमलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम, काउन्टरमा सन्देश वा सडक नाटकलगायत माध्यमबाट दलका वा उम्मेद्वारबारे कुनै प्रचारप्रसार गराउन पाइने छैन ।
तर, राजनीतिक दल वा उम्मेद्वारले बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टा“गा, ठेलागाडालगायत कुनै प्रकारका गाडीको प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ ।









