12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामुख्य न्यायाधिवक्तामा बस्नेत सिफारिस
spot_img

मुख्य न्यायाधिवक्तामा बस्नेत सिफारिस

spot_img

हेटौंडां/बागमती प्रदेशकी मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेतको नाम सिफारिस गरिएको छ । बस्नेत बागमती प्रदेशमात्र नभइ नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्ने भएकी छन् ।

मंगलबार उनको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरिएको हो । यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्‌ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए । काफ्‌लेले राजीनामा दिएपछि बस्नेतको नाम सिफारिस गरिएको हो । अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्षसमेत हुन् । उनी उक्त बार एसोसिएसनको पहिलो महिला अध्यक्षसमेत बनेकी थिइन् । बस्नेतलाई आइतबार औपचारिकरुपमा शपथग्रहण गराउने तयारी गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि