12.1 C
Makwānpur
Homeमुख्य समाचारदेप्रश संसद् नत्र चौथाइले विशेष अधिवेशन बोलाउ“छौं’
spot_img

देप्रश संसद् नत्र चौथाइले विशेष अधिवेशन बोलाउ“छौं’

spot_img

हेटौंडा/बागमती प्रदेशका ३ विपक्षी दलले प्रदेश सरकारलाई तत्काल संसद्को हिउ“दे अधिवेशन बोलाउन माग गरेका छन् । बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानिया“लाई विपक्षी दलहरुले ज्ञापनपत्र बुझाउ“दै संसद् अधिवेशन तत्काल बोलाउन माग गरेका हुन् ।

नेकपा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी र हाम्रो नेपाली पार्टीले अधिवेशन आह्‌वान नगरे प्रदेश नियमावलीअनुसार प्रक्रियामा अघि बढ्ने चेतावनी दिएका हुन् । सरकार संसद्प्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छलेर भाग्न खोजेको उनीहरुको आरोप छ । विपक्षी दलको ज्ञापनपत्रमा सरकारले जनताका आवाज उठाउने थलो प्रदेशसभालाई बन्द गरेर कानमा तेल हालेर बसेको आरोप लगाइएको छ ।

- Advertisement - Ad Banner

सरकारको गैरजिम्मेवारीपनले चालु अधिवेशन हठात अन्त्य गरेको उनीहरुको भनाइ छ । संसदीय व्यवस्थामा सरकारले अधिवेशन नबोलाएको खण्डमा एक चौथाइ सांसद्ले समावेदन दिएर विशेष अधिवेशन वा बैठक बोलाउन सक्ने नियमावलीको व्यवस्था प्रयोग गर्ने उनीहरुले चेतावनी दिएका हुन् । ॅजेनजी विद्रोह’ पछि देश संकटमा रहेको र संघीय संसद्समेत विघटन भएको अवस्थामा प्रदेशसभालाई अनिर्णयको बन्दी बनाइएको उनीहरुको भनाइ छ । लामो समयदेखि सभामुख चयन हुन नसक्दा सचिवालय र समितिहरु समेत ठप्प भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सरकारले स्वेच्छाचारीढंगले विनियोजित बजेटमा ५० प्रतिशत्‌सम्म कटौती गरेको भन्दै उनीहरुले त्यसलाई तत्काल सच्याउन मागसमेत गरेका छन् ।

ॅहिउ“दे अधिवेशन तत्काल बोलाउन सरकारस“ग जोडदार माग गर्दछौं । अन्यथा, प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावलीअनुसार प्रतिपक्ष दल अगाडि बढ्ने जानकारी गराउ“छौं,’ ज्ञापनपत्रमा उल्लेख छ–प्रदेशसभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्षस“ग सामान्य परामर्शसमेत गरिएन । सरकार एकल र स्वेच्छाचारीढंगले चल्नुले हामीलाई गम्भीर बनाएको छ ।

उनीहरुले सरकारस“ग तीन बु“दे माग राखेका छन् । उनीहरुले तत्काल हिउ“दे अधिवेशन आह्‌वान गर्नुपर्ने, चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कटौती नगरी हुबहू कार्यान्वयन गर्नुपर्ने र संसद्मा टेबल भइ पारित भएका थप योजनामा बजेट व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।
ज्ञापनपत्रमा बागमती प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश संसद् बसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

साउन अन्तिम सातादेखि बागमती प्रदेशसभा ठप्प छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गरिएका तोडफोड र आगजनीले क्षतिग्रस्त भवन उस्तै छ । जलेका सवारीसाधन, डढेका कागजपत्र र कालो भवन । जेनजी प्रदर्शन चर्किंदै गएपछि बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले हतपत राजीनामा घोषणा गरे । तर, उनको राजीनामा प्रदेशसभाबाट स्वीकृत हुन बा“की छ । यसका लागि प्रदेशसभा बैठकमा उपसभामुख अप्सरा चापागाईंले राजीनामापत्र पढेर सुनाउनुपर्ने हुन्छ । अनि बल्ल नया“ सभामुख चयन गर्न बाटो खुल्छ ।

तर, त्यसअघि नै सभामुख पद आफ्‌नो पोल्टामा पार्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच लुछाचु“डी सुरु भइसकेको छ । उपसभामुख चापागाईं एमाले कोटाकी हुन् । तर, एमाले आफूले कांग्रेसभन्दा ३ मन्त्रालय कम लिएकाले शक्ति सन्तुलन कायम गर्न सभामुख पद पनि आफ्‌नै भाग पर्नुपर्ने अडानमा छ । कांग्रेस भने एमालेको भागमा उपसभामुख परिसकेकाले सभामुख पदचाहिं आफूले पाउनुपर्ने जिकिर गरिरहेको छ । सत्तामा रहेका यी दुई दलबीच सभामुख पदकै छिनोफानो नहु“दा प्रदेशसभा बैठक अन्यौलमा छ । प्रदेशसभा बैठक बस्न नसक्दा सभामुख चयन प्रक्रिया अघि बढ्न सकेको छैन भने संसदीय समिति, हाउस र संसद्मा रहेका विधेयकहरु पनि रोकिएका छन् । हाल संसद्मा २ वटा नया“ विधेयक दर्ता भएका छन् भने एउटा विचाराधीन अवस्थामा छ । एउटा विधेयक भने संसदीय समितिमा छलफलकै क्रममा छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि