9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा–कुलेखानी सडक उपयुक्त विकल्प
spot_img

हेटौंडा–कुलेखानी सडक उपयुक्त विकल्प

spot_img

हेटौंडा/रोशीले बगाएको वीपी राजमार्गको पुनर्निर्माण सुरु भएपछि चौकीडा“डादेखि नेपालथोकसम्म रोशीको बगरबगर हु“दै यात्रा गर्नुपर्ने अवस्था आएको छ । रोशी खण्डको करिब २५ किलोमिटर दुरी खोलाको बगरबाट मात्र यात्रा गर्नुपर्छ ।

रोशीले वीपी राजमार्ग बगाए पनि यसअघि रोशी खण्डको अधिकांश भाग कालोपत्र सडकमै सवारीसाधन चल्न पाउ“थ्यो । तर, हाल सडक पुनर्निर्माणका कारण रोशी खण्डको सम्पूर्ण सडक बन्द गरी खोलाबाट डाइभर्सन निर्माण गरिएको छ । वीपी राजमार्गको केही खण्ड रोशी खोलाले बगाएपछि उक्त राजमार्गको यात्रा आधा घण्टाले लम्बिएको थियो । हाल पूरै रोशी बगरैबगरको यात्राका कारण वीपी राजमार्गको यात्रा न्यूनतम् थप १ घण्टाले लम्बिएको छ । धुलिखेलदेखि सूर्यविनायकसम्मको २५ किलोमिटर खण्ड निर्माणाधीन रहेकाले यात्रा अझै सहज छैन ।

- Advertisement - Ad Banner

सिन्धुलीमाढी हु“दै वीपी राजमार्ग यात्रा गर्नेहरुका लागि हेटौंडा–कुलेखानी सडक उपयुक्त विकल्प हुनसक्छ । दुरी करिब ४० किलोमिटर बढी भए पनि रोशी खण्डको तुलनामा छिटो र सहजरुपमा गन्तव्यमा पुग्न सकिन्छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि