हेटौंडा/हेटौंडा–१० स्थित डम्पिङसाइटको फोहोर व्यवस्थापनका सन्दर्भमा संस्थापक जेनजी मकवानपुरले मंगलबार उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङसाइडमा फोहोर व्यवस्थापनका क्रममा भएको प्रदुषणप्रति गम्भीर ध्यानाकर्षण भएको तर हेटौंडा उपमहानगर हरित नगरका नामले प्रचलित भए पनि पछिल्ला समयहरुमा फोहोर व्यवस्थापना लापरबाही भएको जनमानसबाट बारम्बार गुनासो आइरहेको पत्रमा भनिएको छ ।
ॅडम्पिङसाइटमा फोहोर व्यवस्थापनका लागि फोहोर व्यवस्थापनका लागि जिम्मेवारीप्राप्त आधिकारिक संस्थाद्वारा नियोजित तरिकाले आगो लगाइएको स्थानीयको आरोप छ । सोही क्रममा फोहोर डम्पिङसाइडमा लागेको आगोद्वारा निस्किएको धु“वा, धुलोका कारण र प्लाष्टिकजन्य पदार्थबाट उत्पन्न घातक रासायनिक प्रदुषणले क्यान्सर जस्ता गम्भीर रोग देखापर्न चालेको आसपासका बासिन्दाहरुको गुनासो छ,’ मेयर मीनाकुमारी लामासमक्ष बुझाइएको पत्रमा भनिएको छ–फोहोर संकलनमा शुल्क निर्धारण प्रक्रियामा जनस्तरबाट व्यापक विरोध आइरहेको छ । हामी जेनजीले अध्ययन गर्दा तुलनात्मक अन्य नगर भन्दा अधिक रकम लिएको बुझिएको छ । फोहोर संकलनका लागि बोलपत्र आह्वानमा समेत सिण्डिकेट देखिएको बुझिएको छ ।
यस विषयमा पीडितस“ग हेटांैडा उपमहानगरपालिका, सरोकारवाला निकायहरुले समस्या समाधानका लागि विभिन्न समयमा सम्झौता गरे पनि हालसम्म समस्या समाधान गर्न नसकेको गुनासो आइरहेको भन्दै पत्रमा यस विषयमा बारम्बार जानकारी गराइए पनि प्रतिक्रिया दिने नगरेको सबैले जिकिर गर्नु तर, आमजनतामा परेको गम्भीर समस्यामा उपमहानगरपालिका किन मौन छ भनी प्रश्न गरिएको छ ।
संस्थापक जेनजी, मकवानपुर संयोजक सुबिन खत्रीले पत्र बुझाएका हुन् ।
जवाफमा मेयर लामाले मंगलबारमात्र प्लाष्टिक उठाउने कामका लागि जेनजीले थालनी गर्नुपर्ने बताइन् । २०२६ सालदेखि फोहोर जम्मा भइरहेको तर आफूले उपयुक्त जग्गा नपाएकाले त्यहा“ फोहोर व्यवस्थापन गरेको जानकारी दि“दै उनले जेनजीलाई ठाउ“ खोज्ने कार्यमा सहयोग गर्न आग्रह गरिन् ।
ॅतत्काल समस्या समाधानका लागि आगो निभाउने हो । नगरपालिकालाई दुःख दिनका लागि नियोजितढंगले आगो लगाइएको हो,’ उनले एक वर्ष अवधिमा धेरै पटक आगो लगाएकोले त्यहा“ २४ घण्टा प्रहरीलाई निगरानी गर्न लगाइएको बताइन् । सीसी टिभी जडान गरिए पनि तार काटेर आगो लगाइएको उनले बताइन् । ॅ२०२६ सालदेखिको फोहोर म मेयर भएको ३ वर्षमै सजिलै कसरी व्यवस्थापन गर्न सकिन्छ ?,’ उनको प्रश्न छ । डम्पिङसाइडमा ग्यास निक्लिएर आगो लाग्नसक्ने इञ्जिनियरहरुको भनाइ रहेको गुनासो गरेको उनले बताइन् ।









