10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाट्याक्टर दुर्घटनामा ३ माझीको मृत्यु
spot_img

ट्याक्टर दुर्घटनामा ३ माझीको मृत्यु

spot_img

हेटौंडा/पूर्वी मकवानपुरको बकैया गाउ“पालिका वडा–७, अ“धेरीमा मंगलबार ट्याक्टर दुर्घटना हु“दा माझी परिवारका ३ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । दिउ“सो लु. ५ त १७४ नम्बर ट्याक्टर दुर्घटना हु“दा २२ जना घाइते भएकामध्ये हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका क्रममा उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका अ“धेरी बस्ने करिब ५५ वर्षका केशब माझीको अस्पताल ल्याउनासाथ दिउ“सो करिब साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

- Advertisement - Ad Banner

सोही ठाउ“ बस्ने करिब ५५ वर्षकै युवराज माझीको पनि ज्यान गएको छ । उनको पनि टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई अस्पतालमा भर्ना गरेलगत्तै मृत घोषणा गरिएको हो । दुर्घटनामा अ“धेरीकै करिब ४५ वर्षका सन्तलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार जारी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि