12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबढ्दै हेटौंडा—नारायणघाट टोलट्याक्स
spot_img

बढ्दै हेटौंडा—नारायणघाट टोलट्याक्स

spot_img

हेटौंडा/सरकारले राष्ट्रिय राजमार्गमा गुड्ने सवारीसाधनको हकमा लाग्ने सडक दस्तुर (टोलगेट ट्याक्स) बापत् शुल्क समय सुहाउ“दो समायोजन गर्ने (बढाउने) भएको छ । राजमार्गमा गुड्ने सवारीसाधनबाट सडक प्रयोग गरेबापत् सडक दस्तुर (टोलगेट ट्याक्स) उठाउने जिम्मेवारी पाएको सडक बोर्डले टोलगेट ट्याक्स समयानुकूल बनाउन लागेको हो ।

हाल ६ वर्षअघि तोकिएको टोलगेट ट्याक्स कार्यान्वयनमा छ । तत्कालीन समयमा दुई लेनको सडक भएको अवस्थामा टोलगेट ट्याक्सबापत् शुल्क निर्धारण गरिएको थियो । सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार तत्कालीन समयमा निर्धारण भएको शुल्क दर निकै पुरानो भइसकेको अवस्थामा हालको परिवेशमा त्यसलाई कार्यान्वनयमा ल्याउन कठिनाइ भएकाले शुल्कलाई समय सुहाउ“दो हुने गरी परिमार्जन गर्न लागिएको हो ।

- Advertisement - Ad Banner

ॅबोर्डले दुई लेनबाट चार लेन र ६ लेनमा स्तरोन्नति भएको र भइरहेको सडकको संरचनाअनुसार समय सुहाउ“दो टोल ट्याक्सबापत् शुल्क परिमार्जन गर्ने तयारी गरेको छ,’ केसीले भने । यसअघि सरकारले २०७६ सालमा राजपत्रमा सूचना प्रकाशित गरी १५ वटा सडकखण्डको हकमा टोल ट्याक्सको शुल्क निर्धारण गरेको थियो । त्यस्ता १५ वटा सडकखण्डको हकमा हाल पनि सोही दस्तुर शुल्क कायम छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार भारी सवारीसाधनको हकमा औसत प्रतिकिलोमिटर १ रुपिया“ ५० पैसा र हलुका सवारीसाधनको हकमा ६३ पैसा टोल ट्याक्स शुल्क निर्धारण गरिएको छ ।

ॅदुई लेनको सडकमात्र भएको बेला शुल्क निर्धारण भएको थियो । तर, हाल निर्माणको लागत, मर्मतसम्भार लागत खर्च, जनशक्ति श्रम खर्च, राष्ट्रिय थोक मूल्य बृद्धिलगायतमा ठूलो परिवर्तन भइरहेको छ,’ केसीले भने–हाल दुई लेनबाट ४ लेन र ६ लेनमा सडक स्तरोन्नति भएर विस्तार भइसकेका छन् भने केही हु“दैछ । यस्ता विषयलाई ध्यानमा राख्दै शुल्कदर परिमार्जन गर्न तयारी भएको छ ।

बोर्डका अनुसार शुल्क परिमार्जन गरी तराई क्षेत्रमा प्रतिकिलोमिटर २ रुपिया“ ३३ पैसा र पहाडी भेगको हकमा प्रतिकिलोमिटर ३ रुपिया“ कायम गर्ने विषयमा आन्तरिक तयारी भएको छ । भारतमा हलुका सवारीसाधनको हकमा हाल प्रतिकिलोमिटर न्यूनतम् ३ रुपिया“ २९ पैसा (२.०६ भारतीय रुपैया“) र हलुका व्यावसायिक मालबाहक सवारीको हकमा प्रतिकिलोमिटर ५ रुपिया“ २९ पैसा (३.३२ भारतीय रुपैया“), टुएक्सल भएको ट्रक र बसको हकमा प्रतिकिलोमिटर ११ रुपिया“ १२ पैसा (६.९७ भारतीय रुपैया“) र थ्रीएक्सल भएको व्यावसायिक सवारीसाधनको हकमा प्रतिकिलोमिटर १२ रुपिया“ १२ पैसा (७.६० भारतीय रुपैया“) निर्धारण गरेको छ ।

नया“ परिमार्जित शुल्क स्वीकृत भएर राजपत्रमा प्रकाशित नहु“दासम्म यसअघिका १५ राष्ट्रिय राजमार्ग र पछिल्लो समयमा थप भएको नया“ स्तरोन्नति ८ सडकको हकमा २०७६ बैशाख २ गते र २०७७ भदौ ८ गते सरकारले तोकेको शुल्कअनुसार दस्तुर उठाइने बोर्डले जानकारी दिएको छ । सरकारले सडक दस्तुरलाई व्यवस्थित गर्न सडक दस्तुर उठाउने (कार्यविधि) नियमावली, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

नियमावलीले सडक दस्तुर उठाउनका लागि बोर्डले संकलन केन्द्र तोक्नसक्ने व्यवस्था गरेको छ । जसअनुसार दस्तुर संकलन केन्द्रमा बोर्ड आफैंले उपकरण जडान गरी बोर्डका कर्मचारीमार्फत् दस्तुर संकलन गर्नसक्ने व्यवस्था गरेको छ । दस्तुर संकलन केन्द्रमा जडान गरिने उपकरण कुनै व्यक्ति वा संस्थास“ग प्रचलित कानुनअनुसार सेवा करारमा जडान गरी बोर्डका कर्मचारीमार्फत् दस्तुर संकलन गर्ने व्यवस्था गरिएको छ । दस्तुर संकलन केन्द्रमा बोर्ड आफैंले उपकरण जडान गरी दस्तुर संकलनका लागि लाग्ने जनशक्ति व्यवस्थापन कुनै व्यक्ति वा संस्थास“ग प्रचलित कानुनअनुसार सेवा करार गरी त्यसमार्फत् संकलन गर्ने वा दस्तुर संकलन केन्द्रमा जडान गरिने उपकरण र दस्तुर संकलनका लागि जनशक्ति व्यवस्थापनसम्बन्धि कार्य कुनै व्यक्ति वा संस्थास“ग प्रचलित कानुनअनुसार सेवा करार गरी दस्तुर संकलन गर्न सकिने व्यवस्था गरिएको छ ।

दस्तुर संकलन केन्द्र व्यवस्थित तथा प्रभावकारीढंगले सञ्चालनका लागि आवश्यक आधारभुत भौतिक संरचना निर्माण, व्यवस्थापन तथा सञ्चालनको व्यवस्था बोर्डले गर्नुपर्ने नियमावलीमा उल्लेख छ । सरकारले नियमावलीमार्फत् सडक दस्तुर संकलनसम्बन्धि आर्थिक कारोबार दैनिकरुपमा खाता रहेको बैंकस“ग समन्वय गरी विद्युतीय प्रणालीअन्तर्गत् क्वीक रेस्पोन्स कोड (क्युआर कोड), मोबाइल बैकिङ वा अन्य उपयुक्त प्रविधिको प्रयोग गरी बैंक खातामा सोझै रकम जम्मा हुनसक्ने नया“ व्यवस्था गरेको छ । तर, प्राविधिक कारणवशः बोर्डले दस्तुरबापत् नगद संकलन गरेको अवस्थामा भने सोही दिन वा भोलिपल्ट बोर्डको बैंक खातामा उक्त नगद जम्मा गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

सरकारले २०७६ बैशाख २ गते १४ र २०७७ भदौ ८ गते १ राष्ट्रिय राजमार्गको हकमा राजपत्रमा सूचना प्रकाशित गरी त्यस्ता राजमार्गमा ओहोरदोहोर गर्ने सवारीसाधनको हकमा सडक दस्तुर निर्धारण गरेको थियो ।

तत्कालीन समयमा ७७ किलोमिटरको हेटौंडा—नारायणघाट सडकमा भारी सवारीसाधनतर्फ १ सय रुपिया“ (प्रतिकिलोमिटर १.३०) र हलुका सवारीसाधनतर्फ ४० रुपिया“ (प्रतिकिलोमिटर ५२ पैसा), १ सय १५ किलोमिटरको नारायणघाट—बुटवल सडकमा भारी सवारीतर्फ १३० (प्रतिकिलोमिटर १.१३) र हलुका सवारीतर्फ ६० रुपिया“ (५२ पैसा), ८२ किलोमिटरको नौबीसे—मुग्लिङ सडकमा भारी सवारीतर्फ १२० रुपिया“ (१.४६) र हलुका सवारीतर्फ ५० रुपिया“ (६१ पैसा) तथा २९ किलोमिटरको भैरहवा—भुमइ सडकमा भारी सवारीतर्फ ३० (१.०३) र हलुवा सवारीतर्फ २० (६९ पैसा) सडक प्रयोग गरेबापत् दस्तुर शुल्क तोकिएको थियो । भैरहवा—भुमइ सडकखण्डमा मंसिर १ गते स्वचालित डिजिटल प्रविधिमा आधारित डिजिटल टोल गेट निर्माण गरी बोर्डले सडक प्रयोग दस्तुर शुल्क उठाउन सुरु गरेको हो ।

४७ किलोमिटरको का“कडभिट्टा—दमक सडकमा भारी सवारीतर्फ ७५ (१.६०) र हलुका सवारीसाधनतर्फ ३० (६४ पैसा), ९४ किलोमिटरको दमक—इटहरी—कोशी नदी सडकमा भारी सवारीतर्फ १२५ (१.३३) र हलुकातर्फ ५० (५३ पैसा), ७० किलोमिटरको बिराटनगर—धरान सडकमा भारी सवारीको हकमा ७० (१.७१) र हलुका सवारीसाधनको हकमा २५ (६१ पैसा), ७८ किलोमिटरको कोशी नदी—चौहर्वा सडकमा भारी सवारीको हकमा १४० (१.७९) र हलुका सवारीको हकमा ५५ (७१ पैसा), १ सय ५८ किलोमिटरको चौहर्वा—पथलैया सडकमा भारी सवारीको हकमा १२५ (७९ पैसा) र हलुका सवारीको हकमा ८५ (५४ पैसा), ५३ किलोमिटर दुरीको हेटौंडा—वीरगञ्ज सडकमा भारी सवारीको हकमा ८५ (१.६०) र हलुका सवारीको हकमा ३५ (६६ पैसा) तथा २४ किलोमिटरको वीरगञ्ज—पथलैया सडकमा भारी सवारीको हकमा ५० (२.०८) र हलुका सवारीको हकमा २० (८३ पैसा) सडक दस्तुर तोकिएको थियो ।

८७ किलोमिटरको धुलिखेल—खुर्कोट सडकमा भारी सवारीको हकमा १२५ (१.४४) र हलुका सवारीसाधनको हकमा ५० (५७ पैसा), ७३ किलोमिटरको खुर्कोट—सिन्धुली—बर्दिबास सडकमा भारी सवारीसाधनको हकमा १ सय १५ (१.५८) र हलुका सवारीसाधनको हकमा ४५ (६२ पैसा), २३ किलोमिटरको पा“चखाल—मेलम्ची सडकमा भारी सवारीसाधनको हकमा ५० (२.१७) र हलुका सवारीतर्फ १५ (६५ पैसा) तथा ३६ किलोमिटरको नारायणघाट—मुग्लिङ सडकमा भारी सवारीसाधनतर्फ ५५ (१.५३), हलुका सवारीतर्फ २५ (६९ पैसा) तथा ३६ किलोमिटरको नारायणगढ—मुग्लिङ सडकमा भारी साधनतर्फ ५५ (६५ पैसा) र हलुका सवारीतर्फ २५ (१.४४) रुपिया“ सडक दस्तुर तोकिएको थियो ।

यसबाहेक पछिल्लो समयमा सरकारले निर्माण गरेको नागढुंगा सुरुङमार्गको हकमा पनि टोलगेट शुल्क निर्धारण गरिएको छ । २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको हकमा सडक दस्तुर शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो । १ रुपिया“ २१ पैसा (१३.३० भारतीय रुपैया“) निर्धारण गरी कार्यान्वयनमा ल्याइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि