12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारक्सौल–शिखरपुर–सिस्नेरी रेल
spot_img

रक्सौल–शिखरपुर–सिस्नेरी रेल

spot_img

हेटौंडा/भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि मकवानपुर हु“दै नेपालको संघीय राजधानी काठमाडौंसम्म रेलवे मार्गका लागि डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ ।

भारत रेलवेका अधिकारीहरुले जनाएअनुसार बिहार राज्यसित जोडिएको क्रसबोर्डर रक्सौल–काठमाडौं रेल लिकको लामो योजनाको डीपीआर तयार भएको छ । निर्माणपूर्व गरिने महत्वपूर्ण कार्य पूरा भएको बताउ“दै अधिकारीले सन् २०२६ को पहिलो महिना जनवरीमा डीपीआर हस्तान्तरण गरिने जनाएका छन् ।

- Advertisement - Ad Banner

बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेलवेको सोझो सम्पर्क स्थापित हुने अधिकारीहरुले जनाएका छन् । यसले भारत र नेपालबीचको क्रसबार्डर सम्पर्कमा सुधार आउने छ । २५ हजार करोड भारतीय रुपैया“ बजेट रहेको रेलवे लाइन निर्माणपछि रक्सौलदेखि काठमाडौंबीच दुरी ३ घण्टामा सीमित हुनेछ । सडकमार्गबाट रक्सौलदेखि काठमाडौंको दुरी हाल कम्तिमा ५ घण्टा रहेको छ । रेलले त्यसलाई ३ घण्टामा सीमित गर्ने भारतीय अधिकारीहरुले जनाएका छन् । डीपीआर तयारीको अन्तिम चरणमा रहेको र जनवरीमा हस्तांतरण हुने बताउ“दै अधिकारीहरुले भने–अब चा“डै ट्रयाक लेइङ कार्यको टेण्डर हुने बताएका छन् । झण्डै ८० प्रतिशत् कार्य कोंकन रेलवेले पूरा गरिसकेको अधिकारीहरुले जनाएका छन् ।

निर्माण हुन लागेको रेलवे लाइनले भविष्यमा भारतको राजधानी नया“दिल्ली र नेपालको राजधानी काठमाडौं जोड्ने दिल्ली–नेपाल ट्रेन सर्भिस बनाइने छ । रेलवेको ठूलो क्षेत्रीय रेल नेटवर्क बन्नेछ । भरत बिहारको जयनगरदेखि–महोत्तरी जिल्लाको भँगहासम्म ४५ किलोमिटर लामो रेलमार्ग कोकनले बनाएको छ ।

भारतीय रेलको इञ्जिनलगायत कार्यहरु कोकनले गर्दै आएको छ । प्रस्तावित रेलमार्गले रक्सौल–काठमाडौंबीच लाग्ने यात्रा समयमा नाटकीयढंगले कमी ल्याउने बताइएको छ । हाल रक्सौलदेखि काठमाडौंको मोटरबाट १ सय ३६ किलोमिटर लामो रहेको छ । बस, जिपलगायत साना सवारीहरुबाट रक्सौलदेखि काठमाडौं जान कम्तिमा ५–६ घण्टा लाग्ने गरेको छ । तर, रेलमार्गको दुरी १ सय ४१ किलोमिटर हुने डीपीआरमा उल्लेख छ ।

सञ्चालन भएपछि त्यस दुरी ३ घण्टामा सहज पूरा गरिने रेलवे अधिकारीहरुले जनाएका छन् । रक्सौलदेखि काठमाडौंसम्म कुल १३ रेलवे स्टेसन हुने रेलवेका अधिकारीहरुले बताएका छन् । रेलमार्गमा ४२ किलोमिटर सुरुङमार्ग र १ सय २४ वटा पुल निर्माण हुने कोकनका अधिकारीहरुले जनाएका छन् । ब्रोडगेज रेललिकमा १ सय २० किलोमिटर प्रतिघण्टाको द्रुतगतिमा रेल गुडने कोकनले जनाएको छ । बिहारको दिनदयाल जक्सन र झाझा जक्सनले तेस्रो र चौथो रेललाइनको डीपीआर पनि आगामी वर्षको मार्च महिनासम्म पूरा हुने बताइएको छ । उक्त योजनाका लागि १७ हजार करोड भारतीय रुपैया“ बजेट बिनियोजन गरिएको छ । रक्सौल–काठमाडौंबीच तेस्रो र चौथों चरणको योजनालाई बिहार पर्यटनअन्तर्गत् स्वीकृति प्रदान गरिएको छ ।

योजना द्रुतगतिमा अगाडि बढिरहेको अधिकारीहरुले जनाएका छन् । डीडीयु–दानापुर, दानापुर–फतुहा र क्यिुल–झाझालाई सानो आकारको निर्माणमा राखेर कार्य अगाडि बढाइने बताइएको छ । रक्सौलदेखि जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतिखेल हु“दै रेल चोभार पुग्ने छ । कोकनका अधिकारीहरुले जनाएअनुसार रेलवेको लागत घटाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । उनीहरुले यात्रुबाहक र मालबाहक दुवै रेल सञ्चालन हुने जनाएका छन् । चोभारसम्म मालबाहक रेल पुग्नेबितिकै भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने मालसमानको ढुवानी खर्च निकै घटने व्यवसायीहरुले बताएका छन् । नेपालमा हाल बिहारको जयनगरदेखि जनकपुरधाम हु“दै महोत्तरी जिल्लाको भँगहासम्म ४५ किलोमिटर मात्र रेलसेवा सञ्चालनमा छ । त्यो पनि यात्रुबाहकमात्र रहेकोले भारि घाटामा रेल सञ्चालन भइरहेको रेलवेको तथ्यांकबाट देखिन्छ । रक्सौलदेखि काठमाडौंसम्म सञ्चालन हुने रेलमार्गमा यात्रुबाहक र मालबाहक सेवा सञ्चालन भए मुनाफामा सञ्चालन हुने अधिकारीहरुको विश्लेषण छ । नेपालमा हाल पूर्वपश्चिम रेलको काम पनि भइरहेको छ । तर, त्यो कछुवागतिमा काम भइरहेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि