हेटौंडा/नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शनिबार सुरु भएको महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक दिशा र शक्तिसन्तुलन निर्धारण गर्ने भएकाले देशभरका नेताहरुको ध्यान केन्द्रित भएको छ । यस क्रममा मकवानपुरबाट एमालेको केन्द्रीय कमिटीमा पुग्ने आकांक्षी नेताहरुको उल्लेख्य सक्रियता देखिएको छ ।
मकवानपुरलाई एमालेको बलियो संगठनात्मक आधार मानि“दै आएको छ । विगतमा पार्टीका शीर्ष नेतृत्वमा निरन्तर प्रतिनिधित्व हु“दै आएको जिल्लाबाट यसपटक पनि केन्द्रीय कमिटीमा उपस्थिति बलियो बनाउने रणनीतिमा स्थानीय नेताहरु जुटेका छन् । महाधिवेशन प्रतिनिधि छनौटदेखि नै देखिएको प्रतिस्पर्धा हाल केन्द्रीय सदस्य चयनमा केन्द्रित भएको छ ।
जिल्लाबाट प्रतिनिधि छनौट भएका १८ जनासहित शुक्रबार मनोनित २ प्रतिनिधि र विभाग सम्पर्क मञ्च र केन्द्रीय सल्लाहकार टिममा रहेका मकवानपुरका एमाले नेता अनन्तप्रसाद पौडेल र बलराम बल पनि प्रतिनिधि चयन भएका छन् । शुक्रबार सुवासचन्द्र ठकुरी र बुद्धिराम डिम्डुङ प्रतिनिधिमा मनोनित भए । यीबाहेक हालको कमिटीमा महेशकुमार बर्तौला, भारती पाठक र रामेश्वर राना केन्द्रीय सदस्य छन् । ११ औं महाधिवेशन प्रतिनिधि बनेका मकवानपुरका प्रायः नेताहरु एमालेको केन्द्रीय कमिटीमा जाने दाउमा छन् । हालसम्मको अवस्था हेर्दा पदाधिकारीमा भन्दा केन्द्रीय सदस्यमा आकांक्षीहरुको लर्को देखिन्छ । वर्तमान कमिटीमा रहेका केन्द्रीय सदस्यहरु दोहोरिने दाउमा छन् भने आधा दर्जन बढी नया“ अनुहारहरु केन्द्रीय सदस्यमा जम्प हान्ने दाउमा छन् ।
एमाले मकवानपुरमा इञ्चार्ज राना, केन्द्रीय सदस्यद्वय बर्तौला र पाठक जसरी पनि दोहोरिने दाउमा छन् भने एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा, एमाले बागमती प्रदेश कमिटीका सदस्य एकालाल श्रेष्ठ, भगवती पुडासैनी, एमाले नेता अनन्त पौडेल र बलराम बल र कृष्णप्रसाद दाहाल र गोबिन्दराम चेपाङ पनि केन्द्रीय सदस्यको दौडमा छन् ।
ॅवर्तमान अवस्थामा प्रदेश कमिटीमा छु । अब मेरो तयारी केन्द्रीय सदस्यको हो,’ बागमती प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका एकालाल श्रेष्ठले भने–केन्द्रीय कमिटीको लागि तयारी भइरहेको छ । मकवानपुरबाट मलगायत अन्य नेताहरु पनि यही लाइनमा हुनुहुन्छ । हेरौं, अब केके हुन्छ ।
नेकपा एमाले केन्द्रीय सदस्य महेशकुमार बर्तौला हालका लागि यही पदमा दोहोरिने आफ्नो चाहना रहेको बताउ“छन् । पार्टीको आवश्यकता र सिद्धान्तले आफूलाई योग्य ठान्यो भने केन्द्रीय सदस्यमै दोहोरिने उनको भनाइ छ । ॅयतिबेला नेकपा एमालेलाई निकास दिनुपर्ने समय छ,’ उनले भने–म पार्टीको जिम्मेवार कार्यकर्ता हु“ । यस बेला मैले नै उम्मेद्वारीको घोषणा गर्नु भन्दा पार्टीले मेरो नाम लिएको खण्डमा मात्र यो बन्ने भन्न सक्छु ।
एमाले बागमती प्रदेश सदस्य भगवती पुडासैनी पनि केन्द्रीय सदस्य बन्ने रहरमा छिन् । ॅपार्टीमा लागेपछि जिम्मेवारी खोज्नु स्वभाविक नै हो,’ उनले भनिन्–पार्टीले जिम्मेवारी दिए वहन गर्न सक्छु भन्ने आ“टले नै केन्द्रीय सदस्यको आकांक्षी छु । केन्द्रीय सदस्य भारती पाठक पुनः केन्द्रीय सदस्यमै दोहोरिने चाहना रहेको बताउ“छिन् । ॅहाल पार्टीको केन्द्रीय सदस्य छु । यही पदमा दोहोरिन चाहनु स्वभाविक नै हो,’ पाठकले भनिन्–तर, यसो भन्दैमा म नै दोहोरिनुपर्छ भन्दिन“ । पार्टीले जे भन्छ, त्यो मान्न तयार छु । पार्टीले आवश्यक ठान्यो भने केन्द्रीय सदस्यमै दोहोरिने हो । महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन भएसँगै पार्टीले आगामी निर्वाचन, संगठन विस्तार र सरकारसँगको सम्बन्धलाई कसरी अघि बढाउक्छ भन्ने चासो व्यापक छ । मकवानपुरबाट कोको केन्द्रीय कमिटीमा प्रवेश गर्छन् भन्ने विषयले जिल्लाको भावी नेतृत्व संरचना र स्थानीय राजनीतिसमेत प्रभावित गर्ने देखिन्छ ।









