हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले उपमहानगरपालिका हु“दै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथअन्तर्गत् हेटौंडाको बुद्धचोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गका रुपमा विकास गर्न प्रस्ताव गरिएको हो ।
हेटौंडामा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गका रुपमा विकास गर्न सरकारस“ग माग गर्ने निष्कर्ष निकालेको छ । बुद्धचोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हु“दै गएको र उक्त मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गका रुपमा विकास गर्न सरकारस“ग माग गर्न स्थानीय सहमत भएका हुन् । पर्यटकीय मार्गका रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै उक्त सडकखण्डलाई सडक केन्द्रबाट दाया“बाया“ १६–१६ मिटरमात्र सडकसीमा निर्धारण गर्न सरकारस“ग अनुरोध गर्ने गरी भेलामा सहमति भएको हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
सडक डिभिजन हेटौंडाले बुद्धचोकबाट सामरी पुलसम्म दाया“बाया“ २५–२५ गजको सडकसीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाएस“गै उक्त मार्ग भएर जाने वडा नम्बर–१ र २ का वडा अध्यक्षसहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको भेलामा सडक केन्द्र भागबाट दाया“बाया“ १६–१६ मिटर चौंडा गर्न प्रभावितहरुले सहमति जनाएका छन् ।
वडा अध्यक्ष महर्जनले विकास नागरिकका लागि भएको र विनाशले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौंडाको बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक चांैडाका नाममा ठुलो लगानी गर्नुको औचित्य पुष्टि हुने आधार नभएकाले सडक केन्द्रबाट १६–१६ मिटर चांैडा गर्न उपयुक्त हुने सुझाए ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर–१ अध्यक्ष सबिन न्यौपानेले द्रुतमार्ग बनिसकेपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप घट्ने र हेटौंडाबाट उत्तरतर्फका पालिकाहरुको बस्तीबाट पलायन बढ्दै गएकोले बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक केन्द्रबाट १६–१६ मिटर चौंडा गर्दा पर्याप्त हुने बताए । उनले सडक केन्द्रबाट २५–२५ गज चांैडा गर्दा सरकारी लगानीको अनुपातमा कम प्रतिफल प्राप्त हुने भन्दै मितव्ययिता र लाभ अनुपातका आधारमा सडक केन्द्रबाट १६–१६ मिटर चांैडा उचित हुने भएकोले उपमहानगरपालिकाले समेत पर्यटन मार्गको अवधारणा अगाडि बढाउन संघीय सरकारस“ग आग्रह गर्न प्रक्रिया अगाडि बढाएको बताए ।
त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको भन्दै उनले भने–पुसमा बस्ने नगरसभाबाट पारित गरेर संघीय सरकारसमक्ष पेस गर्नेछौं । हेटौंडा उपमहानगरपालिकाको ७६ औं कार्यपालिका बैठकले नगरसभामार्फत् संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो ।
उनले पर्यटकीय मार्ग बनाउ“दा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम् प्रतिफलसमेत प्राप्त हुने बताए । वडा अध्यक्ष महर्जनले सामरी पुलबाट उत्तरतर्फ सडक केन्द्रबाट २५–२५ गज चांैडा गर्दा धेरै लागत लाग्ने र सरकारी लगानीको औचित्यसमेत पुष्टि नहुने बताए । सडक डिभिजन हेटौंडाले एसियन राजमार्ग पर्ने हेटौंडा उपमहानगरपालिकाको रातोमाटोदेखि राप्तीपुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म सडकसीमा संरक्षण गर्न भन्दै सडकसीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरेको थियो ।
त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म करिब तीन किमी रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ । उक्त खण्डमा सडक चौंडाका क्रममा हेडम्बीहाइटसम्म सडक डिभिजनले डोजर चलाएको छ भने त्यसबाट उत्तरतर्फ स्थानीय आफंैले घरटहरालगायत संरचनाहरु हटाउने क्रम जारी छ । (तचउ)









