मीना लामा (मेयर)
हेटौंडा/हेटौडा बजारभित्र पर्ने राजमार्गको सडक विस्तार सामान्य काम थिएन । यतिबेला त्यही असामान्य काम सम्पन्न भएको छ । यो ऐतिहासिक कार्यमा साथ दिनुहुने स्थानीय नागरिक, माननीय मन्त्री कुलमान घिसिङज्यु, बागमती प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रजिअज्यु, सडक डिभिजन कार्यालय हेटांैडा, सुरक्षा निकाय, स्थानीय युवा साथीहरु र हेटांैडा उपमहानगरका सम्पूर्ण जनप्रतिनिधिका साथै कर्मचारी साथीहरु सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
सडक विस्तारको काम सुरू भएस“गै घर, संरचना भत्किएर प्रभावित हुनुभएका सम्पूर्ण नागरिकले भोग्नुपरेको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिका प्रतिबद्ध भएको थियो र छ । नगर प्रमुखका हैसियतका कारण यस कार्यको जसअपजस मेरो टाउकामा पनि अवश्य आउ“छ । सडक विस्तारको सूचना आएस“गै मैले पीडितलाई उचित क्षतिपूर्ति दिलाउन संघीय सरकारका बिभिन्न निकायहरुमा दौडधुप गरें । घर तथा संरचना भत्किएर प्रभावित बनेका व्यक्तिहरुलाई पुनः घर वा संरचना निर्माण गर्न सहुलियत ऋण उपलब्ध गराउन नगरपालिका लागिपर्ने छ । यसका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिने छ । प्रभावितहरुले घर, संरचना निर्माण गर्न चाहेमा निर्माण प्रक्रियाका कानुनी पाटाहरुलाई द्ु्रतमार्गबाट अगाडि बढाइ झन्झटरहित काम गरिनेछ । प्रभावित व्यवसायीहरुलाई व्यवसाय कर छुटको पहल गरिने छ । पीडितका समस्यामाथि प्रभावकारीढंगबाट पालिकाले सम्बोधन गर्नुपर्छ र पालिकाले आफ्नो अभिभावकीय भूमिकाका निभाउनुपर्छ भन्नेमा म दृढ विश्वास राख्छु । यही विश्वाससाथ सडक विस्तारका क्रममा घरबारविहीन बनेकाहरुलाई आवास व्यवस्थापनको पहल गरिनेछ । व्यवसायलाई निरन्तरता दिनका लागि नगरले सरोकारवाला निकायस“ग छलफल गरेर निकास निकाल्नेछ । बाटो चौंडा भएस“गै हेटौंडालाई अनेक किसिमले विशिष्टीकरण गर्नुछ । यसका ऐतिहासिक, सा“स्कृतिक र सामाजिक महत्वका संरचनालाई पुनर्निर्माण गरिनु जरुरी छ ।
अब नगरपालिकाको साथै मेरो ध्यान प्रभावितहरुलाई साथ सहयोग दिनेतर्फ हुनुपर्छ । यस सन्दर्भमा सडक विस्तारबाट प्रभावित व्यक्तिले भौतिक संरचना निर्माण गर्दा २ हजार वर्गफिटसम्मको नक्सापास दस्तुरमा छुट दिने प्रयास गरिनेछ । लामो समयदेखि प्रयोग गर्दै आएका घर, संरचना भत्किद“को पीडा असामान्य हुन्छ नै । यस पीडालाई सामान्य ठानेर सडक विस्तारमा साथ दिनुहुने सम्पूर्ण घरधनीलाई हार्दिक आभार व्यक्त गर्दछु । २०८२/०८/२१ मा बसेको कार्यपालिका बैठकले यीलगायत विषयमाथि कार्यान्वयनका लागि नगरसभासमक्ष पेस गर्ने निर्णयसमेत गरेको छ । अब भत्किएका संरचनालाई छिटो निर्माण गरी चौंडा सडकसहितको सुन्दर नमुना हेटौंडा सहर बनाउनमा सबै जुटौं । (फेसबुकबाट)









