हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया“ले कर्मचारी संयन्त्रले नागरिकलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने बताएका छन् । सिन्धुलीको तीनपाटन गाउ“पालिकास्थित स्वास्थ्य, शिक्षा, प्रशासनलगायत सेवाका कर्मचारीलाई निर्देशन दि“दै मुख्यमन्त्री बानिया“ले नागरिकले सेवा पाएमात्र प्रदेश सरकारप्रति विश्वासआर्जन हुने बताए ।
ॅनागरिकलाई कुनै पनि सेवा पाउन कठिनाइ नहोस्, इमान्दारिपूर्वक सेवा दिनुहोला,’ उनले भने–कर्मचारीका समस्या भए हामी समाधान गर्छौ । कर्मचारी साथीहरुले पनि डेलिभरीमा पूर्ण योगदान गर्नूस् । त्यसपछि मात्र हामीले प्रदेश सरकारको महत्व स्थापित गर्न सक्छौं ।









