12.1 C
Makwānpur
Homeटप न्युजएमाले महाधिवेशन बागमतीका १२ जिल्लामा प्रतिनिधि छनौट
spot_img

एमाले महाधिवेशन बागमतीका १२ जिल्लामा प्रतिनिधि छनौट

spot_img

हेटौंडा/एमालेको ११ औं महाधिवेशनका लागि बागमती प्रदेशको १३ जिल्लामध्ये १२ जिल्लाबाट प्रतिनिधि छनौट भएका छन् । सिन्धुलीमा भने प्रतिनिधि छनौट प्रक्रिया सकिएको छैन । हालसम्मको अवस्थामा बागमतीको काठमाडौं, मकवानपुर, ललितपुर र सिन्धुपाल्चोक निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको एमाले बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन् ।

उनको अनुसार त्यसबाहेक धादिङ, रसुवा, नुवाकोट, काभ्रे, दोलखा, चितवन, भक्तपुर र रामेछापमा सर्वसम्मत् एमाले महाधिवेशन प्रतिनिधि छनौट भएका हुन् ।

- Advertisement - Ad Banner

काठमाडौं
१० वटा क्षेत्र रहेको काठमाडौंका सबै क्षेत्रमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि टुंगो लगाइएको हो । काठमाडौं–१ बाट गणेश दुलाल, रामप्रसाद अमुगाईं, सफल श्रेष्ठ र विष्णुदेवी भुसाल प्रतिनिधि छनौट भएका छन् । क्षेत्र नम्बर–२ बाट मणिराम फुया“ल, सानुकुमार श्रेष्ठ, शान्ता थापा, शोभा थापा र नवराज दाहाल छन् । क्षेत्र नम्बर–३ बाट डा. विदुर चालिसे, विश्वराज श्रेष्ठ, इशा देवी, कल्पना राजचल, श्यामकृष्ण कर्माचार्य प्रतिनिधि छन् ।

काठमाडौं क्षेत्र नम्बर–४ मा श्रीकृष्ण श्रेष्ठ, उद्धब खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका हन् भने क्षेत्र नम्बर–५ बाट धु्रवराज पाण्डे, रामकृष्ण श्रेष्ठ, रत्ना गुरुङ र अमर डंगोल निर्वाचित भएका हुन् । क्षेत्र नम्बर–६ बाट विश्वनाथ लामिछाने, श्रीकृष्ण अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी निर्वाचित भएका हुन् ।

क्षेत्र नम्बर–७ बाट प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश हमाल निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर–८ मा राजेश शाक्य, शंकरकुमार केसी, सुशीला अधिकारी र बब्लु शिवाकोटी निर्वाचित भएका हुन् । क्षेत्र नम्बर–९ बाट केशब पोखरेल, उत्तम रावत, रञ्जु खड्का, सानुमैया खड्का र पूर्ण तण्डुकार निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर–१० मा महेश लामा, प्रेमबहादुर शाही, लक्ष्मी काप्‌mले, वसन्ती श्रेष्ठ र सन्तोष खड्का निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोक
दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि निर्वाचन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि टुंग्याइएको हो । क्षेत्र नम्बर–१ बाट कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेम लामा, प्रदीप पौडेल, सुशीला पाख्रिन, दावाफुटी शेर्पा, कमला कायस्थ र आङ्दोर्जे शेर्पा निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर–२ बाट हस्त पण्डित, काशी लामा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाईं, बालकुमारी सापकोटा, सुनिता पराजुली र हीरा चौलागाई निर्वाचित भएका हुन् । सिन्धुपाल्चोकबाट १५ जना प्रतिनिधि छनौट भएका हुन् ।

ललितपुर
२ वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा पनि निर्वाचन प्रक्रियाबाट १४ जना प्रतिनिधि निर्वाचित भएका छन् । जसमा मधुसूदन पौडेल, प्रेमभक्त महर्जन, चेतनाथ सञ्जेल, अष्टवीर व्यञ्जनकार, रामहरी बजगाईं, रघुनाथ महर्जन, कमला तामाङ, तारा सञ्जेल, देविका राई, सुकमाया लामा, विक्रम घिमिरे, सुजित बस्नेत, ज्ञानभक्त डंगोल र प्रदीप रम्तेल प्रतिनिधि निर्वाचित भएका हुन् ।

मकवानपुर
दुई वटा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर–१ मा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन भएका हुन् भने क्षेत्र नम्बर–२ मा भने सर्वसम्मत्‌मा टुंगो लगाइएको हो । महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट अणराज जर्गामगर, नवीन सिग्देल, फुर्वा दोर्जेलामा, सुनील मोक्तान, आरती पाठक, बिनाकुमारी थिङ, सीता बिष्ट र बोलबहादुर कार्की प्रतिनिधि निर्वाचित भएका हुन् । क्षेत्र नम्बर–२ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्‌ले, विदुर हुमागाईं र गीता काफ्‌ले र देवकृष्ण बिक निर्विरोध चयन भएका छन् ।

भक्तपुर
दुई वटा क्षेत्र रहेको भक्तपुरमा सर्वसम्मत्‌मा महाधिवेशन प्रतिनिधि टुंग्याइएको हो । भक्तपुर क्षेत्र नम्बर–१ बाट रामबहादुर श्रेष्ठ, मनोज केसी, सपना तामाङ, दुर्गा थापालामिछाने र विष्णु तामाङ निर्विरोध निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर–२ बाट राजेन्द्र राजथला, शिवराम राउत, सानुकाजी कायस्थ, सूर्यलाल श्रेष्ठ, तारा सापकोटा, अनिता पाण्डे, शकुन्तला श्रेष्ठ, सुमन जोशी र दीपक बिसुङ्खे सर्वसम्मत् प्रतिनिधि छनौट भएका हुन् । भक्तपुरबाट १४ जना प्रतिनिधि छनौट भएका छन् ।

काभ्रे
दुई वटा क्षेत्र रहेको काभ्रेमा २३ जना प्रतिनिधि छनौट भएका छन् । क्षेत्र नम्बर–१ बाट अमित लामा, चन्द्र लामा, ठाकुर बा“स्कोटा, देवसागर लामा, सागर भुर्तेल, ज्ञानबहादुर तामाङ, उमा थापा, गीता बञ्जारा, गीता तामाङ, पवित्रा भुर्तेल र जेनिश लामा प्रतिनिधि छनौट भएका छन् । क्षेत्र नम्बर–२ बाट अशोक ब्याञ्जु, कञ्चन अधिकारी, कुमार थापा, प्रेम लामा, भीम न्यौपाने, रत्नकुश रञ्जितकार, हरिशरण दाहाल, उन्नति केसी, जीवनदेवी रायमाझी, निर्मला शाही, रिता ढकालगौतम र ईश्वर सापकोटा प्रतिनिधि छनौट भएका हुन् । दोलखा

दोलखाबाट ंमहाधिवेशनका लागि ९ जना प्रतिनिधि छनौट भएका छन् । जसमा नरबहादुर श्रेष्ठ, भरतबहादुर केसी, ईश्वरचन्द्र पोखरेल, डबल पाण्डे, विशाल विक, शान्तिकुमारी तामाङ, उर्मिला थामी, सारदा राणा र लक्ष्मण गुभाजू प्रतिनिधिमा चयन छन् ।

नुवाकोट

दुई वटा क्षेत्र रहेको नुवाकोटबाट १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत् छनौट भएका छन् । खुला ८ जना, महिला ४ जना, युवा २ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा १५ जना प्रतिनिधि सर्वसम्मत् चयन भएको एमाले नुवाकोटले जनाएको छ । खुलातर्फ बद्री मैनाली, काशीराज अधिकारी, मिलन लामा, निलकण्ठ आचार्य, नारायणप्रसाद खतिवडा, बुद्धिबहादुर प्रधान, राजेन्द्ररमण खनाल, अरुणकुमार श्रेष्ठ चयन भएको एमाले नुवाकोट प्रचार विभाग प्रमुखले जानकारी दिए । महिलातर्फ कमला पाण्डे, मनिका थापा, कोपिला भट्ट र इन्दिरा अधिकारी चयन भएको एमाले नुवाकोटले जनाएको छ ।

धादिङ
दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा १८ जना प्रतिनिधि सर्वसम्मत्‌रुपमा चयन गरिएको छ । क्षेत्र नम्बर–१ बाट एमाले जिल्ला अध्यक्षसमेत रहेका भूमि त्रिपाठी, प्रेम सिलवाल, राजेन्द्रविक्रम बस्नेत, नरेश खतिवडा, कृष्ण पन्त, केदार पाठक, उर्मिला रेग्मी, उमा सिंखडा, कमला शर्मा र सुनिता तामाङ सर्वसम्मत्‌मा प्रतिनिधि चयन भएका हुन् । क्षेत्र नम्बर–२ बाट अर्जुनकुमार श्रेष्ठ, भक्तबहादुर लामिछाने, बाबुकृष्ण श्रेष्ठ, नारायणकुमार गुभाजू, राधिका सापकोटा, उर्गेनवति तामाङ, सञ्जय दवाडी र ध्रुव बिक प्रतिनिधि छनौट भएका हुन् ।

रसुवा
रसुवाबाट ८ जना प्रतिनिधि सर्वसम्मत् चयन भएका छन् । जसमा छेवाङ तेञ्जेङ तामाङ, कर्नेल लामा, सुरेन्द्र लम्साल, कैसाङ नुर्वो तामाङ, कुमार नगरकोटी, चमेली सुनुवार, चमेली गुरुङ र सिर्जना लामा प्रतिनिधि छनौट भएका हुन् ।

चितवन
चितवनमा सर्वसम्मत् प्रतिनिधि छनौट भएका छन् । चितवनका ३ वटै क्षेत्रबाट २५ जना प्रतिनिधि सर्वसम्मत् छनौट गरिएको एमाले चितवनले जनाएको छ । चितवन क्षेत्र नम्बर–१ बाट खुलातर्फ कमलराज पाठक, यादबप्रसाद पाठक, गोबिन्दप्रसाद क“डेल र जगन्नाथ आचार्य चयन भएका छन् । महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र बिमला दुवाडी प्रतिनिधि चयन भएका हुन् भने युवातर्फ उत्तम सेढाईं प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ । चितवन क्षेत्र नम्बर–२ बाट खुलातर्फ डा. तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशब लामा र पदमपाणि सुबेदी तथा महिलातर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका हुन् भने युवातर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएको बताइएको छ । क्षेत्र नम्बर–३ बाट खुलातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी, श्यामलाल बिक तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि चयन भएका हुन् ।

रामेछाप
रामेछापबाट सर्वसम्मत्‌रुपमा प्रतिनिधि चयन भएका छन् । खुला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयन भएका हुन् । जसमा आनन्दकुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, टंकप्रसाद चौलागार्इं, पुरुषोत्तम कडरिया, शान्तिप्रसाद पौडेल र ज्ञानकुमार योञ्जन चयन भएका छन् । गंगादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपानेसुबेदी, बलबहादुर माझी, सीताराम लोहार र सीताकुमारी खत्री चयन भएका हुन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि