9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायस्तो कार्य गर्नेलाई के भन्ने ? रामनारायण बिडारी
spot_img

यस्तो कार्य गर्नेलाई के भन्ने ? रामनारायण बिडारी

spot_img

हेटौंडा/म मकवानपुरको टिष्टुङमा जन्मिएको हु“ । त्यहा“ एउटा परिवार सम्भ्रान्त थियो । प्रधानपञ्च, राष्ट्रिय पञ्चायतका सदस्य, जिल्लाका नेता तिनै परिवारकै हुन्थे । पञ्चायतमा हालीमुहाली उनीहरुकै थियो । उनीहरुको विरुद्धमा मैले १४ वर्ष उमेरमा नारा लगाएको हु“ । मेरो स्वभाव हालसम्म एउटै छ, जुन म १४ वर्षको उमेर हु“दा थियो ।

पञ्चविरुद्धको त्यो विद्रोह बढ्दै गयो । २०३१ सालमा अञ्चलाधीशलाई जुत्ताको माला लगाएर पालुङमा घुमाएबापत् मेरो एसएलसी रोकियो । यसरी निर्दल र राजतन्त्रविरुद्ध रुपचन्द्र बिष्टको साथमा लागेर विद्रोह गर्दै कयौं पटक पिटाइ खाएर, हैरानी भएर, फालिएर, थुनिएर पञ्चायतकाल बित्यो ।

- Advertisement - Ad Banner

त्यसपछि पञ्चायत सकिएर बहुदल आयो । बहुदलमा कांग्रेस र एमालेको राज्य चलेको थियो । म ती दुवैको विरुद्धमा थिए“ । म त्यसबेला सानो पार्टी जनमोर्चालाई समर्थन गर्थें । पछि जनयुद्ध सुरु भएपछि जनयुद्धलाई समर्थन गरें । हाल गणतन्त्र आइसकेपछि पनि म सत्ताको, सरकार, सामन्त, शोषक र भ्रष्टाचारविरुद्धमा सधैं बोलिरहेको छु । त्यो रेकर्डबाट देखिन्छ ।

म नचाह“दा नचाह“दै वकिल भए“ । म यस्तो वकिल भए“, रिक्सा चलाउने चालक संघको पनि वकिल, उद्योग वाणिज्य महासंघको पनि वकिल । मलाई ट्रेड युनियनले पनि पत्यायो । उद्योगपतिले पनि पत्याए । किनभने, म समन्वय गरिदिन्थें । म व्यावसायिक काम गर्थें । मेरो अञ्दाजमा करिब–करिब एक सय वटाजति कम्पनीहरुको वकिल भए“ । एकै पटक हैन, पटकपटक गरेर । ४२ वर्ष भयो मैले वकालत गरेको । दिनको १२/१३ वटा मुद्धामा बहस गर्थें ।

यसरी बहस गरेको पैसा, जीवन विमा गरेको पैसा र नागरिक लगानी कोषमा जम्मा गरेको पैसा, त्यति नै हो मैले कमाएको । २०६० साल देखि २०७० सालको बीचमा धेरै कमाए“ । हुन त मैले धेरै कमाएको हैन, मैले चढ्ने गरेको गाडी रुपचन्द्र बिष्टले चढ्ने गाडी हो । मैले गाडी पनि किनेको हैन । छोरो एमबीए गरेको छ, जागिर खान्छ । बुहारी सरकारको उपसचिव हो । छोरी यही वकालत पेसामा छिन् । मेरी पत्नीले कपाल काटेर जिन्दगी बिताइन् । आजभोलि ब्युटीपार्लर भन्छन् । त्यसबेला महिला केसश्रृंगार गृह भनिन्थ्यो । मैले सरकारको एक रुपिया“ खाएको छैन । सरकारबाट आएको भनेको म राष्ट्रि सभा सदस्य हु“दा हो ।

मैले २०५० सालमा एकजना वकिलस“ग ५० हजार रुपिया“ आनामा मेरो घर भएको जमिन किनेको हु“ । मैले यसरी जोडेको सम्पत्ति जेनजीका नाममा एक घण्टामा ध्वस्त पारिदिए । मेरो इतिहास ध्वस्त भयो । घरमा ठूलो पुस्तकालय थियो । धेरै प्रकारका किताब थिए । मैले त्यो किताब पब्लिक (सार्वजनिक पुस्तकालय) लाई दिन भनेर कुरा गरिरहेको थिए“ । खाली कुरा के मिलिरहेको थिएन भने उहा“हरु र्‍याक पनि किनिदिनुस् भन्ने, म र्‍याकचाहिं किनिदिन सक्दिन“ किताबमात्र दिन्छु भन्ने । हाल यी सबै किताब मैले गुमाए“ । संसारबाट मैले प्राप्त गरेका अवार्डहरु थिए । विभिन्न प्रकारका मायाका चिनोहरु थिए । सयौं तरिकाका तस्बिर थिए । सबै गयो ।

अब घर जलेको ठाउ“मा जमिन छ । बेचेर घर बनाउन सकिन्छ । ५० हजारमा मैले किनेको भए पनि हाल त लाखौं पर्छ । यसबेला मलाई यस्तो आपत् आइलाग्छ र मलाई यस्तो गर्छन् भनेर कल्पना गरेको थिइन“ । अब एउटै कुरा छ । मलाई किन हिर्काए त ? बोल्यो भनेर । भ्रष्टाचार गर्‍यो भन्ने त ठाउ“ छैन । अपराध गर्‍यो भन्ने पनि ठाउ“ छैन । सत्तामा बसेर सत्ताको दुरुपयोग गर्‍यो भन्ने पनि ठाउ“ छैन । म सधैं सत्ताविरुद्ध छु । सत्तामा कहिल्यै बसेको छैन । सरकारको ढुकुटीबाट तोक लगाएर एक रुपिया“ पनि खर्च गरेको छैन मैले । सांसद् हु“दा तलब लिएको त मैले लिने हैन, उनीहरुले नै दिने हो । यी सबै कुराले गर्दा मलाई अलिअलि विक्षिप्त पनि बनायो । अलिअलि आक्रोशित पनि छु । मलाई ठूलो चिन्ता चाहिं त्यत्रो ठूलो सिंहदरबार, सर्वोच्च अदालत, संसद्, राष्ट्रपति भवन, यत्तिका पुरातात्विक महत्वका चिजहरु नष्ट गरे । आन्दोलनमा २४ गते यस्तो कार्य गर्नेलाई के भन्ने ?

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि