9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा ह्याङ तामाङको विशेष शो
spot_img

हेटौंडामा ह्याङ तामाङको विशेष शो

spot_img

हेटौंडा/तामाङ समुदायको मौलिक कथा, सस्कृति र जीवनशैलीमा आधारित चलचित्र ह्याङ तामाङ मंसिर २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियर शो हुने भएको छ । हेटौंडाको ओम्यास हलमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्माण टोली तथा कलाकारहरुले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा चलचित्रका नायक सीताराम गोलेले ह्याङ तामाङ, तामाङ रीतिरिवाज, भाषा, कला र स“स्कृतिस“गै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर निर्माण गरिएको जानकारी दिए । उनका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोस“ग प्रस्तुत गर्नेछ । चलचित्रका अर्का नायक जय स्यांतानले चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत क्षेत्रमा गरिएको जानकारी दिए ।
नायक स्यांतानले विभिन्न भौगोलिक र सा“स्कृतिक स्थानहरुमा गरिएको छायांकनका कारण चलचित्रले तामाङ जातिको जीवनशैलीलाई अझ प्रामाणिकरुपमा प्रस्तुत गर्न सकेको बताए । निर्माण पक्षका अनुसार चलचित्र निर्माणमा करिब ३५ लाख खर्च भएको छ । चलचित्रमा अभि लामा, अनिता गोले, निर्मला मोक्तानलगायत कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
तामाङ समुदायका चर्चित कलाकारहरुको उपस्थितिमा बनेको चलचित्रले सा“स्कृतिक पक्षलाई मात्र नभइ मनोरञ्जन र सामाजिक सन्देशलाई पनि प्राथमिकता दिएको निर्माण टोलीको भनाइ छ । चलचित्रको निर्देशन निमा लामाले गरेका छन् भने सहनिर्देशन प्रबल लामाले गरेका छन् । पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण टोलीले हेटौंडामा हुने प्रदर्शनपछि चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लामा क्रमिकरुपमा सार्वजनिक गर्दै लैजाने योजनासमेत प्रस्तुत गरे । स्थानीय समुदाय, तामाङ संघसंस्था तथा युवा कार्यकर्ताहरुले चलचित्रलाई उत्तिकै उत्साहसाथ स्वागत गर्ने अपेक्षा व्यक्त गरिएको छ । प्रदर्शनलाई उद्धेश्य बनाएर निर्माण टोली प्रचारप्रसारमा व्यस्त छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि