हेटौंडा/जनप्रिय मावि ५० औं वर्ष पूरा गरेको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा तुलसीमेहर मेमोरियल मावि प्रथम भएको छ । स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत् मोहनचन्द्र चौलागाईं स्मृति रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय माविको आयोजना र रेडक्रस हटिया उपशाखाको प्रायोजनमा सञ्चालन भएको हो ।
्
प्रतियोगितामा तुलसीमेहर मेमोरियल माविका दीप्ति क्षेत्री र रेमिन्स ढुंगानाको टोली प्रथम, हेटौंडा एकेडेमीका आध्या भट्टराई र ज्वनिस्मा बिडारी द्वितीय तथा ज्योति माध्यमिक विद्यालयका प्रतिष्ठा श्रेष्ठ र रोहित घर्तीमगर तृतीय भएका छन् । प्रतियोगिता बहुबैकल्पिक प्रश्नोत्तर तथा सामूहिक परीक्षण गरी दुई चरणमा सम्पन्न गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटी सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता थियो । जनप्रिय मावि अंग्रेजी माध्यम संयोजक रबिन श्रेष्ठले संयोजन गरेका हाजिरीजवाफ प्रतियोगितामा मोहनचन्द्र चौलागाईंका परिवारको उपस्थिति थियो भने रेडक्रसआबद्ध प्रतिनिधि, शिक्षक, विद्यार्थीको सहभागिता थियो । विद्यालयभित्र माध्यमिकस्तरीय कविता, रक्तदान कार्यक्रम, विविध खेलकुद प्रतियोगिता आयोजना गरिएकोमा विद्यालयको गरिमालाई उजागर गर्न नगरस्तरीय तथा जिल्लास्तरीय प्रतियोगिताहरुमा समेत विद्यालयले जोड दि“दै आएको संयोजक श्रेष्ठले बताए । स्वर्ण महोत्सवको अवसरमा जनप्रिय माविले अक्षयकोष स्थापनाका क्रममा ३० लाख बराबर कोष तयार गर्दैछ भने विद्यालय हाताभित्र स्तम्भ निर्माण गरिएको र जनप्रिय स्मारिका भोल्युम–२ प्रकाशनार्थ रहेको प्रअ भुपेन्द्र चौलागाईंले जानकारी दिए ।









