12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासयको नया“ नोट प्रचलनमा
spot_img

सयको नया“ नोट प्रचलनमा

spot_img

काठमाडौं/नेपाल राष्ट्र बैंक लिमिटेडले एक सय रुपिया“को नया“ नोट बिहीबारबाट प्रचलनमा ल्याएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नया“ नोट राष्ट्र बैंकले ल्याएको हो । उक्त नोट संकेत नं–२० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोटको बाया“तर्फ सगरमाथाको चित्र, दाया“तर्फ लालीगुरा“सको पानीछाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा, मध्यभागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ । नोट २ मिमि चौंडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ ।

- Advertisement - Ad Banner

नेपालीमा विसं २०८१ लेखिएको छ । यसअघि राष्ट्र बैंकले २०७६ असोज ७ गतेदेखि रुपिया’ १ सय दरको बैंकनोट संकेत नं–ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर, १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्ममात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि