हेटौंडा/हेटौंडामा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित अटोचालकलाई पक्राउ गरेको छ । बिहीबार विहान करिब ११ः३० बजे हेटौंडाको राप्तिरोडबाट वडा–११ स्थित थानाभर्याङतर्फ जा“दै गरेको बा. प्र. ०३–०० १ ह ०१२६ नम्बर अटो प्रहरी टोलीलाई देख्नासाथ फर्काएकाले शंका लागेर प्रहरी टोलीले पिछा गर्दै जा“दा चेकजा“चपछि लागुऔषध भेटिएको हो ।
हेटौंडा–१ स्थित तरकारी बजारमा अटो फेला पारेर चालक हेटौंडा–१३ बस्ने वर्ष २७ का सोनम मोक्तान र अटो खानतलासी गर्दा अटोभित्र लुकाइराखिएको अवस्थामा लागुऔषध ट्रामाडोल १५ हजार ९ सय ६० क्याप्सुल फेला परेको हो । उक्त लागुऔषध तथा अटो बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।









