हेटौंडा/मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारासहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा प्रमुख रुपक कालीराजले जानकारी दिए । मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउ“दा हर्षित भएको भन्दै उनले भने–जिल्लाभरका विद्यार्र्थीहरुलाई आत्मविश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रम–कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमा पुगेर छनौट गरिनेछ । उनले मकवानपुर जिल्लाभरिका विद्यालयका उत्साही तथा इच्छुक विद्यार्र्थीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।
कार्यक्रमले विद्यार्र्थीहरुलाई आफ्नो विचार निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न/सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउने कार्यक्रम निर्देशक अनन्त खुलालले बताए । ॅहाल मेघा अडिसनका लागि स्टुडियो निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रिअडिसन मंसिर १५ गतेदेखि शुरु हुनेछ । प्रवेश निःशुल्क रहेको अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा छ ।
आयोजकका अनुसार अडिसनमा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तित्वहरु निर्णायकका रुपमा रहनेछन् । निर्णायकको रुपमा लामो समय खोजपत्रकारितामा सक्रिय देवराज पन्त छन् । आमसञ्चार तथा पत्रकारिता विषयमा मास्टर्स डिग्री गरेका उनी विभिन्न रेडियोमा कार्यक्रम संयोजक, रेडियो स्टेसन मेनेजरका साथै, न्युज २४ टेलिभिजन, ग्यालेक्सी टेलिभिजनको बागमती ब्युरो प्रमुख हु“दै सीधाकुरामा आवद्ध छन् । आमसञ्चार विषयमा प्रशिक्षकसमेत रहेका उनी हेटौंडा मल्टिमिडियाका प्रमुख हुन् ।
निर्णायकका रुपमा आधुनिक राष्ट्रिय माविकी सहप्रधानाध्यापक मालती पोखरेल छन् । २०५८ सालदेखि शिक्षण पेसामा आवद्ध पोखरेलले अंग्रेजी विषयमा मास्टर्स गरेकी छन् भने मेल्टा मकवानपुर कार्यसमितिका सदस्य, अंग्रेजी भाषा प्रशिक्षकसमेत हुन् । निर्णायकहरुमा तुलसीमेहर मोमोरियल माविका सहायक प्रिन्सिपल कमल नेपाल छन् ।
नेपाली भाषा शिक्षक समितिको कोषाध्यक्ष, १६ वर्षदेखि शिक्षक पेसामा आवद्ध, २०७४ सालमा अध्याय संयुक्त गजल संग्रहसमेत प्रकाशन गरेका उनी गजलमञ्च मकवानपुर सचिव, मुक्तक मञ्च मकवानपुर र साहित्य संगम मकवानपुरको कार्यसमिति सदस्य छन् । निर्णायक नेपाल पूर्वरेडियोकर्मीसमेत हुन् । अडिसन अवधिभर अतिथि निर्णायकसमेत रहने आयोजकले जनाएको छ । जुनियर सिजन–१ का विजेताले नगद ५० हजार, शिल्ड, प्रमाणपत्र, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन् । जुनियर सिजन–१ कार्यक्रम सम्पन्न गर्न करिब १० लाख खर्च अनुमान गरिएको छ ।









