12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ प्रतियोगिता हुने
spot_img

हेटौंडामा ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ प्रतियोगिता हुने

spot_img

हेटौंडा/हेटौंडामा ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ हुने भएको छ ।‘मनको कुरा मञ्चसम्म’ भन्ने मूल नारासहित ‘मेरो बुलन्द आवाज जुनियर सिजन–१’ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।

पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको साझा प्रयासमा कार्यक्रम हुन लागेको ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिए । जिल्लामा पहिलोपटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा आफु हर्षित भएको उनले बताए ।

- Advertisement - Ad Banner

‘जिल्लाभरीका विद्यार्थीहरुलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिनेछ ।’ उनले भने ।

कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो विचार खुलस्त र निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न, सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउने कार्यक्रमका निर्देशक अनन्त खुलालले बताए ।

मेघा अडिसनकालागि स्टुडियोको निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रि—अडिसन यहि मंसिर १५ गतेदेखि शुरु हुने उनले बताए । प्रवेश शुल्क निशुल्क रहने अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

लामो समय खोजपत्रकारितामा सक्रिय रहेका देवराज पन्त, आधुनिक राष्ट्रिय माविका सह—प्रध्यानाध्यापक मालती पोखरेल र तुलसी मेहर मोमोरियल माविका सहायक प्रिन्सीपल कमल नेपाल निर्णायकका रुपमा रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार,दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि