हेटौंडा/हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडामा रहेको नेपाली कम्युनिष्ट पार्टी कार्यालय सोमबार उद्घाटन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, विजय गौतम, यादब गजुरेललगायत नेताहरुले कार्यालय उद्घाटन गरेका हुन् ।
पार्टी एकीकरणपछि हेटौंडा–५, गर्दोइमा रहेको नेकपा माओवादी केन्द्रको भवनलाई नै नेपाली कम्युनिष्ट पार्टी कार्यालय तोकिएको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेताहरु भीम पाख्रिन, ध्रुव भुजेल, वीरबहादुर घलान, शुभरत्न गोले, सागर उप्रेती, रामेश राई, किशोर टण्डनलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस









