12.1 C
Makwānpur
Homeमुख्य समाचारपहिलो चौमासमा बागमतीको खर्च ७.२७ प्रतिशत्‌
spot_img

पहिलो चौमासमा बागमतीको खर्च ७.२७ प्रतिशत्‌

spot_img

हेटौंडा/बागमती प्रदेश सरकार बजेट खर्चको मामिलामा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा गत आर्थिक वर्षभन्दा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ४ महिनामा कुल बजेटको ८ प्रतिशत्‌भन्दा कम बजेट खर्च गरेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा प्रदेश सरकारले कुल बजेटको जम्मा ७.२७ प्रतिशत् अर्थात् ४ अर्ब ९० करोड ३५ लाख ८ हजार ६ सय ३१ रुपिया“ खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपिया“को बजेट सार्वजनिक गरेको थियो ।

- Advertisement - Ad Banner

गत आर्थिक वर्ष २०८१/०८२ को यही अवधिमा प्रदेश सरकारले कुल बजेटको ७.९३ प्रतिशत् बजेट खर्च गरेको थियो । गत आर्थिक वर्षको ५ अर्ब ११ करोड ६९ लाख नांै हजार रुपिया“ खर्च गरेको प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपिया“ बजेट सार्वजनिक गरेको थियो । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा चालुभन्दा पु“जीगत्‌तर्फको बजेट निकै कम खर्च भएको छ । चालुतर्फ २६ अर्ब ४ करोड ३७ लाख ९१ हजार विनियोजन गरिएकोमा १३.६८ प्रतिशत् खर्च हु“दा पु“जीगत्‌तर्फ ४१ अर्ब ४३ करोड ३५ लाख ३६ हजार विनियोजन भएकोमा ३.२४ प्रतिशत्‌मात्र खर्च भएको छ । अर्थ विविध शीर्षकमा चालु र पु“जीगत् गरी १० अर्ब ६३ करोड ७३ लाख ७२ हजार ८ सय विनियोजन गरिएकोमा यस शीर्षकअन्तर्गत् पनि खर्च हुन सकेको छैन प्रदेशका १४ मन्त्रालयका लागि बजेट विनियोजन भएको बागमती प्रदेशमा सबभन्दा बढी श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत् बजेट खर्च गरेको छ भने सबभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले १.१४ प्रतिशत् बजेटमात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको पहिलो चौमासिकको आम्दानी पनि निकै कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बा“डफा“ट र आन्तरिक राजस्व संकलनबाट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार आम्दानी गर्ने लक्ष्य राखेको प्रदेश सरकारले पहिलो ४ महिनामा लक्ष्यको जम्मा १७.१८ अर्थात् ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार ९ सय १० रुपिया“ आम्दानी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको यही अवधिको भन्दा झण्डै लक्ष्यभन्दा दुई प्रतिशत् बढी आम्दानी गर्न सफल भएको छ । गत आर्थिक वर्षमा यसै अवधिमा प्रदेश सरकारले कुल लक्ष्यको १५.५० प्रतिशत् अर्थात् १० अर्ब ५ लाख रुपिया“ आम्दानी गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकबाट २३.३७ प्रतिशत् अर्थात् तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार अनुदान प्राप्त भएको छ । प्रदेश सरकारले चालु आवमा संघीय सरकारबाट १४ अर्ब ८१ करोड ३० लाख अनुदान प्राप्त गर्ने अनुमान गरेको थियो । प्रदेश सरकारले राजस्व बा“डफा“टबाट चालु आर्थिक वर्षमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपिया“ आम्दानी गर्ने अनुमान गरेकोमा ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार अर्थात् २२.४५ प्रतिशत् प्राप्त भएको छ ।

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आवमा चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपिया“ संकलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा २३.०७ प्रतिशत् अर्थात् एक अर्ब १३ करोड २२ लाख २८ हजार प्राप्त भएको छ । प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार प्राप्त हुने अनुमान गरेकोमा हालसम्म ०.३५ प्रतिशत् अर्थात् ५ करोड ८९ लाख ९५ हजारमात्र प्राप्त गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि