12.1 C
Makwānpur
Homeटप न्युजबागमतीमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न १३ बुँदे प्रतिवद्धता सार्वजनिक
spot_img

बागमतीमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न १३ बुँदे प्रतिवद्धता सार्वजनिक

spot_img

हेटौंडा/बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आगामी वर्ष स्वास्थ्य क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित १३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएपछि मन्त्रालयले १३ बुँदे प्रतिवद्धता पत्र जारी गरेको हो ।

प्रतिवद्धता पत्रले प्रदेशभर स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण आधा बन्ने बताइएको छ । गत आइतबारबाट सुरु भएको तीनदिने गोष्ठीमा प्रदेशका स्वास्थ्य सेवा, कार्यक्रम, चुनौती र सुधारका सम्भावनाबारे विस्तृत विश्लेषण तथा छलफल भएको थियो । गोष्ठीका निष्कर्ष, प्रदेश स्वास्थ्य नीति, दोस्रो आवधिक योजना तथा राष्टिूय(अन्तर्राष्टिूय स्वास्थ्य प्रतिवद्धतालाई आधार बनाउँदै मन्त्रालयले स्वास्थ्य सेवा सुदृढीकरणका प्राथमिकताहरू स्पष्ट पारेको छ ।

- Advertisement - Ad Banner

मन्त्रालयका अनुसार चालु आव २०८२/८३ मा प्रदेशको स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण तथा कार्यान्वयन प्रमुख उपलब्धिका रूपमा अघि बढाइने उल्लेख गरेको छ । यससँगै स्वास्थ्य सेवामा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै प्रदेशभित्रका सबै अस्पताल तथा आयुर्वेद/वैकल्पिक चिकित्सालयमा इलेक्टूोनिक मेडिकल रेकर्ड प्रणाली पूर्ण रूपमा लागू गरिने बताइएको छ ।

डिजिटल स्वास्थ्य संरचनालाई सुदृढ बनाउन भक्तपुर, हेटौंडा र विशुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गर्ने र प्रदेश तथा स्थानीय तहका कम्तीमा १५ अस्पताललाई स्पोक अस्पताल बनाएर दूरचिकित्सा सेवा विस्तार गर्ने योजना प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई विशेष प्राथमिकता दिएको छ । स्थानीय तहसँग सहकार्यमा सबै वडामा नियमित परीक्षण कार्यक्रम सञ्चालन गर्ने र “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरा लागि” अभियानअन्तर्गत योग, ध्यान र प्राणायाम कार्यक्रमलाई संस्थागत गर्ने तयारी गरिएको छ ।

प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न विशेषज्ञ सेवा प्रोत्साहन कार्यक्रम लागू गरिनेछ भने “स्वस्थ नागरिक; गुणस्तरीय जीवनयापन” लक्ष्य प्राप्तिका लागि स्थानीय तहमार्फत हेल्दी सिटी अवधारणामा आधारित कार्यक्रम विस्तार गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सुधारका लागि स्वास्थ्य संस्थामा समर्पित सम्पर्क व्यक्ति तोक्ने र स्थानीय तहसँग समन्वयमा अन्तिम विसर्जन प्रणाली व्यवस्थित गर्ने मन्त्रालयले जनाएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु(याउन मन्त्रालयले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान सञ्चालन गर्ने बताइएको छ भने यसअन्तर्गत प्रदेश स्वास्थ्य सेवा ऐनअनुसार निजी अस्पतालहरूलाई पनि जवाफदेही बनाउँदै स्वास्थ्य शिविर सञ्चालन दाबी गरिएको छ ।

आयुर्वेद र वैकल्पिक चिकित्सालाई सुदृढ बनाउन स्वर्णविन्दु प्राशन कार्यक्रमलाई व्यवस्थित गर्दै क्रमशः सबै जिल्लामा विस्तार उल्लेख गर्दै योग, ध्यान, पूर्वकर्म तथा पञ्चकर्म सेवाको पहुँच बढाउने पनि मन्त्रालयको योजना रहेको उल्लेख छ ।

यता, स्वास्थ्य आपतकालीन अवस्थाको तयारी र प्रतिकार्य प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र सुदृढीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ भने “प्रदेश स्वास्थ्य सुशासन सूचक” तयार गरी कार्यालयस्तरमा सुशासन मूल्याङ्कन गरिने र सबै किसिमका खरिद कार्य बोलपत्र प्रक्रिया मार्फत मात्र गर्ने प्रावधान कडाइका साथ लागू गरिने बताइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि