हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले निर्वाचनका बेला भ्रम छर्नेहरुदेखि सचेत रहन आममतदातालाई आग्रह गरेका छन् । अन्तरिम सरकारले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै आउने भएकाले काम गर्ने उम्मेद्वारलाई चिनेर जिताउनुपर्ने बताए ।
मकवानपुरको मनहरी गाउ“पालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान सुरु गर्ने कार्यक्रममा मुख्यमन्त्री बानिया“ले भने–कुरा धेरै जान्ने तर, काम नगर्नेहरुले फेसबुक र युट्युबमा राम्रा भाषण गर्छन्, काम भने गर्दैनन् । जनताले त्यस्तालाई चिनेर कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’ भ्रम सिर्जना गर्ने व्यक्ति र पार्टीलाई गाउ“गाउ“बाट लखेट्नुपर्ने भन्दै उनले भने–तिमीहरुले के गर्यौ, के गर्ने लक्ष्य छ भनी सोध्नुपर्छ ।
प्रदेश सरकारले न्यायमुखी, गाउ“मुखी र विकासमुखी काम गरिरहेको दाबी गर्दै उनले आगामी बजेट त्यतै लक्षित हुने पनि बताए । विकासस“गै नागरिकलाई सिप र तालिम प्रदान गरी आयआर्जनस“ग जोड्न प्रदेश सरकार लागिरहेको बानिया“ले बताए । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
स्ल्याब ढलान सुरुवात कार्यक्रममा मनहरी गाउ“पालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउ“बासीलाई आयआर्जन र सिप प्रवद्र्धन गर्दै स्वरोजगार प्रवद्र्धन गर्न पालिकाले धेरै काम गरिरहेको बताए । किसानलाई गाईभैंसीपालनमा प्रोत्साहनका लागि दूध बिक्रीको पैसा समयमै भुक्तानी दिलाउन पालिकाले दुग्ध डेरीस“ग सम्झौता गरी काम गरिरहेको उनले बताए । दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था गर्दा गाईभैंसी पाल्ने किसानको संख्या बढेको उनको भनाइ थियो । शोकमा परेका विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने गरिएको बताउ“दै उनले यसले गर्दा आमनागरिकले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए ।
बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी गाउ“पालिका–१, तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान सुरु भएको हो । ६ मिटर चौडार्इं र ७ सय ३२ मिटर लम्बाइ सडक ढलानको मुख्यमन्त्री बानिया“ले कंक्रिट बिच्छ्याउन सुरुवात गरेका हुन् । ७४ लाख ९६ हजार रुपिया“मा ठेक्का सम्झौता भइ गुनी निर्माण सेवाले सडक निर्माणको काम थालेको हो । मनहरी गाउ“पालिका–१ वडा अध्यक्ष शिवप्रसाद खनालको सभाध्यक्षतामा सडक ढलान शिलान्यास कार्यक्रम भएको थियो ।









