12.8 C
Makwānpur
Homeस्वास्थ्यस्वास्थ्य क्षेत्र सुशासन कायम गर्न समीक्षा सुरु
spot_img

स्वास्थ्य क्षेत्र सुशासन कायम गर्न समीक्षा सुरु

spot_img

हेटौंडा/बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रको सुशासन र पारदर्शिता मजबुत बनाउने उद्देश्यसहित तीन दिने प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी हेटौंडामा प्रारम्भ भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु गरिएको समीक्षा कार्यक्रम प्रदेशभरि सञ्चालन भएका स्वास्थ्य सेवा, संरचना र कार्यक्रममा आएको प्रगतिलाई एउटै मञ्चमा समेटेर मूल्यांकन गर्ने अवसरका रूपमा लिइएको छ ।

गोष्ठीको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सरकारी खर्च व्यवस्थापनमा पारदर्शिता अनिवार्य भएको उल्लेख गर्दै अबदेखि मन्त्रालय मातहतका सबै कार्यालयहरूले सामान तथा सेवा खरिद गर्दा कोटेसन प्रक्रियामा निर्भर नभई अनिवार्य रूपमा टेन्डर प्रणाली अपनाउनुपर्ने स्पष्ट निर्देशन दिए । मन्त्री थापाले निर्देशित प्रक्रिया बेवास्ता गर्ने कर्मचारीविरुद्ध कारबाही नभएर नछाडिने चेतावनी दिंदै सुशासनमै गुणस्तरीय स्वास्थ्य सेवाको आधार रहेको धारणा व्यक्त गरे ।
्‌
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि दिनेश रुपाखेती र सञ्जु राय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंका प्रमुख डा. रबिन भुषाललगायतले आफ्‌ना–आफ्‌ना वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरूमा सेवा विस्तार, मानव संसाधन अभाव, औषधि आपूर्ति, पूर्वाधार सुधार र आगामी वर्षका प्राथमिकताहरूबारे चर्चा भएको छ ।

- Advertisement - Ad Banner

समीक्षा गोष्ठी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा सुरु भयो । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य निर्देशनालय तथा विभिन्न जनस्वास्थ्य कार्यालयका प्रमुख अधिकारीहरूको सहभागिता रहेको थियो ।

गोष्ठीले प्रदेशभरि सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता पहिचान गर्दै आगामी वर्षका योजनालाई थप परिणाममुखी बनाउन टेकेको आयोजकको विश्वास छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि