12.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबाँकेको टिम हेटौंडामा बन्द प्रशिक्षणमा
spot_img

बाँकेको टिम हेटौंडामा बन्द प्रशिक्षणमा

spot_img

हेटांैडा/बाँके जिल्लाको उत्कृष्ट टिममध्ये गनिएको नेपालगञ्ज–११ फुटबल क्लब आगामी सहिद स्मारक ॅसी’ डिभिजन लिग छनौट खेल्नका लागि हेटौंडामा बन्द प्रशिक्षणमा रहेको छ । क्लबले यस वर्ष ॅसी डिभिजनमा प्रवेश गर्ने मुख्य लक्ष्यसहित करिब एक महिनादेखि हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा कठोर प्रशिक्षण सञ्चालन गर्दै आएको हो ।

क्लब अध्यक्ष घनश्याम थापाका अनुसार बलियो टिम निर्माण र परिणाममुखी खेल प्रदर्शनका लागि यस वर्ष प्रशिक्षणलाई विशेष प्राथमिकता दिइएको छ । उनी भन्छन्‌–यस वर्ष कुनै पनि हालतमा ॅसी’ डिभिजनमा प्रवेश गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि हेटौंडामा दैनिक तालिम, फिटनेस र टेक्निकल ड्रिलहरु अत्यन्त अनुशासितरुपमा भइरहेको छ । नेपालगञ्ज–११, बाँके जिल्लाको सबभन्दा संगठित र प्रतिस्पर्धात्मक क्लब मानिन्छ । निरन्तर प्रशिक्षण, युवा खेलाडीलाई अवसर र व्यवस्थापनको योजनाबद्धताले क्लबलाई छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास दिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि