12.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबराल गए, अधिकारी आए
spot_img

बराल गए, अधिकारी आए

spot_img

हेटौंडा÷बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई ५ महिनामै सरुवा गरिएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि जेठ १९ गते बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनले शुक्रबारदेखि नया“ जिम्मेवारी सम्हाल्नेछन् । बराल यसअघि पनि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख र आन्तरिक राजस्व विभागका महानिर्देशकका रुपमा काम गरिसकेका छन् । दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त भएको राजस्व सचिवको पदमा बराललाई ल्याइएको हो । मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि